जुडोमा पुनमले स्वर्ण दिलाइन्

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
Punam Shrestha, JUDO_Fotor

१३ औं साग अन्तर्गत जुडोमा पुनम श्रेष्ठले अर्को स्वर्ण पदक दिलाएकी छन्। यससँगै १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत जुडोमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ।

पुनमले महिलाको ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खातुमलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। पुनमले खातुमलाई नकआउटमै हराएकी थिइन्।

पुनमले यसअघि भारतकी नवनित कौरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्। नेपालले जुडोमा दोस्रो स्वर्ण जितेको हो। यसअघि, यसै संस्करणको साग जुडोमा नेपाललाई देविका खड्काले ५२ केजी मुनिको तौल समूहको खेलमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width