पुरुष क्रिकेटमा नेपालको कीर्तिमानी जित

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७६
nepal cricket team

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले बिहिबार सहज जित हात पारेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो।

नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। भुटानका मिक्यो दोर्जीले सर्वााधिक २७ रन बनाए। यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सराफले समान १र१ विकेट लिए। यसअघि, पहिले ब्याटिङ गरेको नेपालले निधारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो। नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले।

यस्तै, पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित ४५ रन बनाए। टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो। भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे।

Related News

सम्बन्धित समाचार

hero news full width