१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरा रंगशालामा सोमबार पोखरा उद्घाटन समारोहमा मार्चपास गरिँदै। साग अन्तर्गत यहाँ ८ खेल हुनेछन्। तस्वीर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज
पोखराको इतिहासमै पहिलो पटक १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) को भव्यरुपमा सोमबार ‘पोखरा उद्घाटन’ भएको छ।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सोमबार दिउँसो पोखरा रंगशालामा आयोजित समारोहमा सागको पोखरा उद्घाटन गरेका हुन्। पोखरामा सागका केही खेल हुनु पोखरा र प्रदेशकै गौरवको बिषय भएको उनले बताए। उनले साग खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने बताए।
विशेष अतिथि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सागको अवसरमा पोखरामा धेरै खेलकुद पूर्वाधार निर्माण भएको बताए।
अध्यक्षको आसनबाट गण्डकी प्रदेश सामाजिक विकास मन्त्री तथा स्थानीय व्यवस्थापन सहजीकरण समिति संयोजक नरदेवी पुनले प्रतियोगिता सफल पार्न सम्पूर्णले सहयोग गर्नुपर्ने बताइन्। उनले सागका कारण पोखरामा खेल पर्यटनको प्रवद्र्धन हुने विश्वास गरिन्।
राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेश शिलवालले कार्यसमितिले गर्न नसकेको बक्यौता १३ औं साग आफ्नो कार्यकालमा सम्भाव भएको दाबी गरे। सागमा १ ठाउँमा मात्र नभई विभिन्न ४ सहरमा हुँदा सम्बन्धित सहरलाई थप परिचित गराउने बताए।
राखेप सदस्य राजेशकुमार गुरुङले छोटो समयका बाबजुत खेलकुदका धेरै भौतिक पूर्वाधार निर्माण भएको बताउँदै यसमा केही गल्ती हुन सक्ने जनाए।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरामा हुने १३ औं सागलाई सफल पार्न सबैमा आग्रह गरे। सागको पोखरा शुभारम्भ अवसरमा सहभागी विभिन्न ७ राष्ट्रका खेलाडी र खेल पदाधिकारीले रंगशालाको फुटबल मैदानमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। समारोहको अन्त्यमा पोखरा रंगशालाको आकाशमा आतीशवाजी गरियो।
समारोहमा सातै देशको कला संस्कृति झल्किने नृत्यदेखि पोखरा र गण्डकी प्रदेशकै जनजाति र भेषभूषा झल्किने गरी झाँकी समेत प्रदर्शन गरिएको १३ औं साग डिपुटी सेफ दी मिसन तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष समेत रहेका तेजबहादुर गुरुङले बताए।
पोखरा रंगशालामा विभिन्न ७ राष्ट्रका झण्डा फहराइएको छ। मूलद्वारपछि सडकको दायाँ–बायाँ फूल सजाइएको छ। पोखरा रंगशालालाई जताततै रंगरोगन गरेर स्पोर्ट्स भिलेजको रुपमा सजाइएको छ।
सागअन्तर्गत पोखरामा ८ खेल हुँदैछन्। प्याराग्लाइडिङ समेत हुने भनिएकोमा अन्ततः टिम सहभागिता नहुँदा अन्तिम समयमा हटाइएको थियो।
पोखरा साग उद्घाटन अघि ब्याडमिन्टन खेल आइतबारदेखि नै सुरु भएको हो। सोमबार महिला क्रिकेट र ट्रायथलन सुरु भएको छ। ८ खेलमध्ये पोखरा रंगशालामा महिला फुटबल, महिला क्रिकेट, महिला–पुरुष ह्याण्डबल, आर्चरी, ब्याडमिन्टन हुनेछ। फेवाताल किनारमा बीच भलिबल, माटेपानीमा भारोत्तोलन र फेवातालमा ट्रायथलन हुनेछ।
यहाँ ८ खेलमा कुल १ सय ५१ पदक (४८ स्वर्ण, ४८ रजत र ५५ कास्य) का लागि प्रतिष्पर्धा हुनेछ। पोखरामा कुल ७ सय २२ जना खेलाडी पदकका लागि भिड्नेछन्। खेलाडीमध्ये ४ सय १ जना महिला खेलाडी छन्।
Related News
सम्बन्धित समाचार
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध
महिला खेलाडीबाट बढी स्वर्ण
सागमा महिला खेलाडीहरुले दिलाए नेपाललाई बढि स्वर्ण
पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१