लेखक–समीक्षक समन्वय आवश्यक

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
Inls (2)_Fotor

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिद्वारा शुक्रवार पोखरामा स्रष्टा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अनेसास युरोप उपाध्यक्ष डा. रूपक श्रेष्ठ र सदस्य प्रविन पुन बेलायतबाट नेपाल आएको सन्दर्भमा गण्डकी समितिले उक्त कार्यक्रमको चाँजोपाँचो मिलाएको हो।

कार्यक्रमका प्रमुख वक्ता डा रूपक श्रेष्ठले अनेसास नेपाली भाषा साहित्यको संरक्षण मात्र नभएर विधागत विकासमा पनि क्रियाशील रहँदै आएको बताए।

श्रेष्ठले नेपाली साहित्य लेखनको अवस्थाका बारेमा बोल्दै भने, ‘हामी कहाँ पर्याप्त सिर्जनात्मक अभ्यास हुँदैन, विद्यालयमा कविता पढेका आधारमा कविता लेख्नुपर्ने हुन्छ सबै क्षेत्रमा त्यस्तै छ जसले गर्दा नेपाली साहित्य फस्टाउन सकेको छैन। ’

श्रेष्ठले थपे, पछिल्लो समय स्तरीय साहित्य लेखन नभएको होइन, तर लेखन सन्दर्भका विविध विषयका गुण र दोष निर्क्यौलमा लेखक–समीक्षक समन्वय अभावले राम्रा कृति पनि ओझेल परेकोमा छन्।

स्रष्टा आफैंमा स्रष्टा हो त्यसका द्रष्टा पाठक र समीक्षक हुन् यसैले साहित्यको उन्नयन र विकासका लागि लेखक–समीक्षक समन्वय अपरिहार्य छ श्रेष्ठले भने।

सदस्य प्रविन पुनले नेपाल आएको सन्दर्भमा छोटो समयमै स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएर बेलायतमा सम्पन्न सम्मेलन बारे अनुभव सुनाउन पाउँदा हर्षानुभूति भएको बताए।

गण्डकी सदस्य रविन्द्र माकाजुले अनेसासले अब नेपाली पुस्तकलाई अन्तराष्ट्रियकरण गर्न पहल गर्नुपर्ने धारणा राखे। माकाजुले, पुस्तक प्रकाशनका सन्दर्भमा निश्चित मापदण्ड नहुँदा राम्रा स्रष्टा पनि मारमा परेको भन्दै चिन्ता व्यक्त गरे।

संस्थाका आजीवन सदस्य तीलक पौडेल स्याँकोर्टेले नेपाली दाजुभाइ जहाँ जस्तो अवस्थामा रहे तापनि आत्मियता र अपनत्व आफ्सेआफ् सिर्जनामा झल्कने बताउँदै लेखकको प्रेरणा भनैको पाठकको टिप्पणी भएको धारणा राखे।

अनेसास गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले समितिको नेतृत्व गर्दै पहिलोपटक बेलायतमा सम्पन्न अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउनु पनि गौरवको कुरा भएको बताए। उनले हरेक स्रष्टाका लेखनका विषय आफ्ना भए पनि समग्र साहित्यको विकासमा सफा मन र असल विचार हनुपर्नेमा जोड दिए। बाबाले स्रष्टा र समीक्षक बीचको स्वस्थ विचार आदानप्रदानले लेखनले परिस्कृत रूप धारण गर्ने र सिर्जनाले जीवन्तता पाउने बताए।

संस्थाका सचिव असफल गौतमले अनेसास गण्डकीले हालसम्म गरेका गतिविधि र भावी कार्यक्रमका बारे जानकारी गराउँदै दुवै स्रष्टाको शुभयात्राको कामना गरे।

डा श्रेष्ठ र पुनलाई अनेसास गण्डकीका प्रकाशन उपहार प्रदान गरेर स्वागत तथा सम्मान गरिएको कार्यक्रममा विशाल गुरुङ, अनेसास गण्डकीका पितमबहादुर सेन, कृष्ण रानाभाट सारथिले छोटो समयको नेपाल बसाइमा पनि संस्थाको कार्यक्रमलाई महत्व दिएर सहभागी भएकोमा आभार व्यक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width