मलेसियाको इपो शहरमा अन्तर्राष्ट्रिय फेशन शो

फाेटाे फिचर

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
1AA

मलेसियाको ईपो शहरमा हालैमात्र अन्तर्राष्ट्रिय फेशन शो सम्पन्न भएको छ । मलेसिया लगायत, नेपाल, चीन, भारत, सिंगापुर र इण्डोनेसियाका करिब ४६ जना मोडलहरु उक्त फेशन शोमा सहभागी थिए ।


नेपालबाट ५ जना पुरुष र २ जना महिला मोडलहरु उक्त फेशन शोको रयाम्पमा उत्रिएका थिए ।


नेपालको तर्फबाट मोडलहरु प्रकास अधिकारी, सागरबाबु गिरी, अनिल अधिकाारी पोषण शर्मा शेर्पा लामा ज्योती थापा र हेमा हमाल सहभागी भएकाे सागरबाबु गिरीले जानकारी दिए ।


उक्त फेशन शोमा नेपालको तर्फबाट डिजानर जय थापा र ज्वाला शर्माको सहभागिता थियो ।


मलेसियाको इपो शहरस्थित विभिन्न स्थानहरुमा फेशन शोको आयोजना गरिएको हो ।


प्रत्येक स्थानमा भएको फेशन शोलाई करिब ५ सय दर्शकहरुले अवलोकन गरेका थिए ।


फेशन शोमा कोरियोग्राफर खालिफ मुस्तफाले कोरियोग्राफी गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width