वीरगञ्जमा चलचित्रको स्वर्णीम महोत्सव

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७६
Film Mahotsav, Birgunj_Fotor

वीरगञ्जमा नेपाली चलचित्र स्वर्णीम महोत्सव–२०७६ सुरु भएको छ। नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सव कार्तिकको २३ गतेसम्म तीन दिन चल्नेछ।

नेपाली चलचित्र निर्माणको ५३ वर्ष पुगेको उपलक्ष्यमा वीरगञ्जमा महोत्सव आयोजना गरिएको हो। २०२२ सालमा पहिलो नेपाली चलचित्र ‘आमा’ निर्माण भएको थियो।

राष्ट्रपति विद्या भण्डारीले कार्यक्रमको औपचारिक उद्घाटन गरेकी हुन्। ‘तराई पहाड हिमालको उत्सव’ नाराका साथ वीरगञ्जको घण्टाघरबाट प्रभातफेरी र्याली गर्दै महोत्सव सुरु गरिएको हो।

प्रभातफेरीमा भुवन केसी, दीपाश्री निरौला, दीपकराज गिरी, निरुता सिंह, झरना थापा, निर शाह, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्द, वर्षा राउत, नीता ढुंगाना, छुल्ठीम गुरुङलगायतका कलाकारहरु उपस्थित थिए। बलिउड अभिनेता गोविन्दा अहुजा महोत्सवको मुख्य अतिथि थिए।

कार्यक्रममा नेपालका सुपरस्टार राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसीलगायतका दर्जनौँ कलाकारहरूको सहभागिता रहनेछ। चलचित्रको लगानीमा आकर्षण बढाउने महात्सवको उद्देश्य रहेको छ। महोत्सवमा पुराना र नयाँ कलाकारले विभिन्न चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्नेछन्। महोत्सवमा झण्डै २५ हजारको सहभागिता रहने अनुमान गरिएको छ। महोत्सवमा भारतीय चलचित्र अभिनेता गोविन्दासँगै नेपाली कलाकारकोसमेत प्रस्तुति रहने बताइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width