नेपाल र अमेरिकाबाट एकैदिन टुसाएको गगनको विमोचन

एजेन्सी
कार्तिक १९, २०७६

नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारतीकृत् हाइकू सेन्र्यु सङ्ग्रह टुसाएको गगनको लोकार्पण भएको छ ।

शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५२५ हाइकू एवम् सेन्र्यु रहेकाछन्। यस सङ्ग्रहमा बिष्णुबहादुर सिंह, कृष्ण बजगाईं र दिनार रनादीको भूमिका रहेको छ ।

अमेरिकी डायस्पोरामा रहेर नेपाली मन हाइकूको मध्यमबाट पोखिएको यस पुस्तकलाई अमेरिकाको म्याडिसन शहरमा मदन पुरस्कार एवम् पद्माश्री पुरस्कार पुरस्कृत नेपाली साहित्यकी एक नारी हस्ताक्षर उपन्यासकार नीलम कार्र्की निहारिका, कवि दिनार रनादीु, अप्सरा गिरी भारती, आभा भारती एवम् नेपाली अमेरिकन मैत्री सङ्घका अध्यक्ष अबिमन पसछेंबाट बिमोचन भएको थियो । यस्तै काठमाण्डौंमा त्यही दिन वरिष्ठ साहित्यकार ठाकुर शर्माको सभापतित्वमा लेखका हजुरआमा चिरन भारती, वरिष्ठ कवि कणाद महर्षी, महाकाव्यकार द्वय बाजुराम पौडेल एवम् बुनू लामिछाने, कवि एवम् समीक्षक डा लेख निरौला, हाइकुकार कवि बिष्णु बहादुर सिंह तथा वडा(७का वडाध्यक्ष सुद्धकुमार डङ्गोलले बिमोचन गरेका थिए ।

काठमाण्डौंको कार्यक्रम सञ्चालन तिलिस्मी प्रभासले काव्यिक शैलीमा गरेका थियो र बुनू लामिछानेले पनि काव्यिक शैलीको स्वागत मन्तव्य दिएका थिए । यस पुस्तकका भूमिकाकार बिष्णुबहादुर सिंहले टुसाएको गगनु सुन्दर चेतना, प्राकृतिक बिम्ब प्रचुर प्रयोग भएको अमेरिका बसेर नेपाली हाइकूको क्षेत्रमा गहकिलो योगदान हो भन्नु भएको थियो ।

त्यस्तै डा लेख निरौलाले यस पुस्तकको समीक्षात्मक मन्तव्य दिंदै, ूसुत्रात्मक, मन्त्र जस्ता भान हुने बीम्बपूर्ण रसिला हाइकू यस पुस्तकमा रहेको र ति हाइकूहरुले देशको माया, बिकृति, संस्कृति, समाजको यथावत चित्रण प्राकृतिक बिम्ब(प्रतीकका मध्यमबाट पस्केको छू भन्नुभएको थियो । सभापती ठाकुर शर्माले ूुटुसाएको गगनुको साश्वत पक्ष रहेको र दीर्घकालिन हाइकूहरु कवितात्मक, सुत्रात्मक, सान्दर्भिक र सुन्दरशैलीको रहेकोू कुरा औँल्याउनु भएको थियो ।

अमेरिकामा बिमोचन कार्यक्रम नेपाली अमेरिकन मैत्री सङ्घको १५औं साहित्य साँझ अन्तर्गत बिजय मल्ल साहित्य पुरस्कारसँगै गरिएको थियो । मित्र पौडेलद्वारा सञ्चालित त्यस कार्यक्रममा दर्शकदिर्घाबाट क्रमरहित भएर बिमोचनपूर्व हाइकूकारका मन परेका दस हाइकू दर्शकले वाचन गरेका थिए । कवि तथा साहित्यसेवी दिनार रनादीुले हाइकूको म्याडिसनमा बिस्तारै रस बस्दै गएको र यस पुस्तकमा रहेका उत्कृष्ट हाइकूको समायोजनले अझै हाइकू लेखन खारिंदै जानेू कुरा प्रष्ट्याएका छन् ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width