थानीमाई मन्दिरमा ६५ वटा फूलको डोली भित्रिए 

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७६
Bandipur_–_Thani_Mai_Temple_-_01

तनहुँ, ६ कात्तिक । भाकलगरेपछि मनोकाक्षं पुराहुने जनविश्वासमा तनहुँको भानुनगरपालिका–७ वसन्तपुर स्थित धार्मिक तीर्थस्थल थानीमाई मन्दिरमा ६५ वटा फुलका डोलीहरु भित्र्याइउको छ ।

प्रत्येक सोमबार सत्यनारायण पूजाअर्चनागराई मंगलबार थानीमाई मन्दिरमा लगिने परम्परागत मान्यता रहेको छ। थानीमाई मन्दिरमा विशेषगरी कात्तिकदेखि फागुन महिनासम्म नौमती बाजा बजाउँदै फूलको डोली भित्र्याइने गरिन्छ।

वि,स १८२५ सालमा भोटिनी आमाछोरीहरु हाल थानीमाईको मन्दिर रहेको स्थानमा एक सीमताराको रुख रहेको र अचानक असिना पानी र हावाहुरी चलेपछि ओतलागेका आमाछोरी तत्कालै अंतरध्यान भएको किंवदन्ती रहेको स्थानीय अनुज पण्डितले बताए ।

थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरका अनुसार ५ सय ६७ जनाले सोमबार राति नै उठेर जाग्राम वसेको थानीमाई मन्दिर संरक्षण समिति बसन्तपुरले जनाएको छ । यस वर्ष कात्तिकको पहिलो मंगलबार ७ हजार संख्याभन्दा वढी भक्तजनहरुले माताको दर्शनगर्न आएको अध्यक्ष थापाले बताए ।

वि,स २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट पुर्णरुपमा क्षति पु¥याएपछि कुल ५५ लाख रुपैयाँको लागतमा गत वर्ष सो मन्दिरको पुनःनिर्माण गरिएको हो। मन्दिर पुनः निर्मनणका लागि गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट २२ लाख रुपैयाँ रकम प्राप्त भएको थियो ।

जीर्ण भएको थानीमाई मन्दिर पुनःनिर्माण गरिएपछि विभिन्न रंगका ध्वजा,पतका र बाँवियोको डोरीमा टाँगिएको फूलपाती,थरीथरीका फूलमालाले सिङ्गारिदाँ मन्दिर थप आकर्षक वनेको छ। मन्दिर संरक्षण समितिले वस पार्किङको ब्यबस्थापन गरेको छ भने भक्तजनहरुको भीडभाडलाई पुर्णरुपमा ब्यबस्थापनगर्न समितिका १०८ जना सदस्यहरुले सहयोग गरेका छन।

थानीमन्दिरको छुट्टाछुट्टै विशेषता रहेको छ। सुन्दर ,शान्त कलात्मक मन्दिर ,स्वच्छ, सफा, मनमोहक छट्टाले भरिएको हरियाली वातावरण, नजिकै विभिन्न हिमश्रृङखलाहरु देख्न पाहिने भन्दै देश विदेशका पर्यटकहरुको ओहिरो लाग्ने गरेपछि स्थानीयस्तरबाट उत्पादित मकै,लेकाली भट्ट, केरा, सुन्तला, बदाम, बोडी,रहर,बगेर र कडुस जस्ता बस्तुहरुले बजार पाएको भानुनगरपालिका – ६का राजुराम परियारले वताए । गाँउमा पाकेका र फलेका बस्तुहरु खरिदबिक्रीगरी दैनिक ५ हजार रुपैयाँ सम्म कमाउने गरेको उनले बताए ।

विशेषगरी कात्तिक महिनामा भारतीय मूलका सनातन हिन्दु धर्मावलम्बीले समेत फूलको डोली ल्याएका थिए। जिल्लाका विभिन्न ग्रामीण भेगहरुबाट भक्तजनहरुको ओहिरो लाग्ने गरेको छ । भाकल गरेपछि मनोकामना पुरा भएको भन्दै भिमाद नगरपालिका –९ जौपानीका आशिष पुरीले आँफुले सफल ब्यबसायीहुने कामना गरेकोमा पुरा भएपछि फूलको डोली ल्याएको बताए ।

भिमाद नगरपालिका–९ जौपानीमा रहेको जग्गा बेचेको १५ लाख रुपैयाँ २ प्रतिशतका दरले ब्याजमा लगाएको पैसा फसेको थियो श्रीमतीले माता थानीमाईको मन्दिरमा पैसा उठोस भनेर भाकल गरेकी रहेछिन्न् उनले थानीमन्दिर जाँऔ माताको दर्शनपनि हुने र ग्रह शान्तिपनि गरौं भनेकी थिईन मन्दिर दर्शन गरेर आएको ५ दिनपछि उठाउनुपर्ने १५ लाखको साँवा ब्याज यउठेको बताए ।

थानीमाईको पूजा अर्चना,दर्शन गर्न विशेषगरी विभिन्न जिल्ला काठमाडौ ,कास्की ,चितवन ,तनहुँ ,गोर्खा, लमजुङ ,स्याङ्जा ,विभिन्न शक्तिपीठ र धार्मिक मठ,मन्दिरका पुजारीहरु समेत आउने गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • संगीतकार सुरेश सम्मानित

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…
  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…

hero news full width