जरोटुप्पोमा मोतीको चर्चा

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७६
jaratuppo news photo

पोखरा, १४ भाद्र । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले शनिवार १५४ औं मोती जयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जरोटुप्पो संरक्षण साहित्य समाजका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तको ज्योति चम्काउने काम मोतीराम भट्टले गरेकाले दुवै साधकका जयन्तीमा संस्थाले विशेष कार्यक्रम आयोजना गरेको धारणा राखे ।

प्राडा विष्णुप्रसाद पौडेल मोतीरामका आयामहरू विषयक कार्यपत्र प्रस्तुत गर्दै मोतीरामका सम्झनामा हुने कार्यक्रम सिर्जनात्मक हुनुपर्नेमा जोड दिए ।
समारोहमा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले जरोटुप्पो संरक्षण साहित्य समाजले सकारात्मक सोँच अघि सारेकाले खुसी व्यक्त गर्दै आफूबाट सम्भव सहयोग प्रदान हुने बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै गनेस पौडेलले कार्यपत्रमा केही नवीनता देखिए तापनि पुराना कुरा दोहोरिएको बताए । कार्यपत्रका बारेमा गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतम, सिर्जनशील लोकतान्त्रिक वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा भूमिराज बस्ताकोटीले पनि टिप्पणी गरेका थिए ।

सोही समारोहबीच ताराप्रसाद तिमिल्सिना, छन्दिका त्रिपाठी, गोविन्दप्रसाद पराजुली, विष्णुप्रसाद पराजुली, अम्बिकाप्रसाद भट्टराई, सपना तिमिल्सिना, सविना कार्की, ढुण्डीराज ज्ञवाली, सिर्जन ज्ञवालीलगायतले रचनावाचन गरेका थिए ।

संस्थाका सचिव मदन भण्डारीले अग्रज स्रष्टा कविवर तेजनाथ घिमिरेद्वारा शुभकामना स्वरूप प्राप्त संकल्प शीर्षकको कविता वाचन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width