युवा दिवसमा प्रशिक्षण र अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
trade union photo_Fotor

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले आयोजना गरेको प्रशिक्षणका सहभागी

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले नेतृत्व विकास सम्बन्धी प्रशिक्षण गरेको छ।

कार्यक्रममा ट्रेड युनियन अभियान तथा अधिकार र युवा नेतृत्व बारे प्रशिक्षण दिइएको नेपाल ट्रेड युनियन काँग्रेस युवा समिति कास्कीका उपाध्यक्ष निराजन अधिकारीले जानकारी दिए।

प्रशिक्षणमा नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य बलदेव तामाङ, युवा समिति सचिव सुदीप बुढाथोकी र व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धी विभाग सदस्य निर्मल घिसिङले सहजिकरण गरेका थिए। प्रशिक्षण उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता देवराज चालिसेले युवा देशको सबैभन्दा ठूलो शक्ति भएको बताए।

उनले युवाहरू भिजन र एक्सन सहित देश निर्माणका लागि जुट्नु पर्ने औल्याए। नेता चालिसे पार्टीले आफूलाई दिने जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव राजेश पालिखेले ट्रेड युनियन अधिकारी बारे अझै पनि कम श्रमिकलाई जानकारी रहेको भन्दै सबै श्रमिक माझँ ट्रेड युनियन अधिकार पुर्याउनु पर्नेमा जोड दिए।

नेपाली काँग्रेस कास्की सदस्य एवं नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलले श्रम दिने मालिक र सीप दिने श्रमिक दुवैको आ–आफ्नै महत्व रहेकोभन्दै श्रमिकलाई कमजोर नठान्न आग्रह गरे।

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा युवा समिति संयोजक सूर्य पराजुलीले स्वागत, ट्रेड युनियन काँग्रेस कास्कीका वरिष्ठ उपाध्यक्ष कमलप्रसाद सापकोटाले धन्यवाद र युवा समिति सचिव गणेशबहादुर कार्कीले सञ्चालन गरेका थिए।

यसैगरी, नेपाल परिवार नियोजन संघ कास्कीले युवा दिवसका अवसरमा अन्तरक्रिया आयोजना गरेको छ।

सोमवार आयोजना गरेको ‘शिक्षामा रूपान्तरण, उद्यमशीलता र नवप्रवद्र्वन’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वत्ताहरूले त्यस्तो औल्याएका हुन्।

उनीहरूले अल्पसंख्यक, तेस्रो लिङ्गि, यौनकर्मी, अपाङ्गता भएका र एचआइभी संक्रमितलाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा यौनकर्मी, अपाङ्गता भएका, एचआइभी संक्रमित, तेस्रो लिङ्गी र सामाजिक क्षेत्रका व्यक्तिहरू सहभागी थिए। कार्यक्रममा सविना तिमिल्सिना, सम्पूर्ण गौतम, दीक्षा पराजुली, अमृता थापा र जीवन भण्डारीले सहजिकरण गरेका थिए।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य अर्जुन सिग्देलले युवाहरूलाई सही दिशामा ल्याउनका लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

संघका सचिव उमेशराज पराजुलीले आवश्यकता अनुसार शिक्षा नीति नहुदाँ धेरै समुदाय शिक्षाबाट पछाडि परेको बताए।

संघका शाखा प्रबन्धक यमनाथ पौडेलले युवा सशक्तिकरणका लागि युवा नै अग्रसर बन्नु पर्नेमा जोड दिए। कार्यक्रममा नौलो बिहानी पोखराका अध्यक्ष विन्दिया गौतमले बोलेका थिए।

नेपाल परिवार नियोजन संघ युवा समिति सदस्य नारायणी त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य कृषा सिग्देलले स्वागत र सदस्य सपना थापाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width