पोखरा, २६ साउन । महेन्द्रपुल तायःमचा समितिको तायःमचा नृत्य प्रतियोगिता तथा गाइजात्रा महोत्सव २०७६ गर्ने भएको छ । नेवा खल कास्कीको आह्वानमा गर्न लागिएको उक्त नृत्य साउन ३१ र ३२ गते दुइ दिन हुने छ । महोत्सव महेन्द्रपुलको सडकमा गरिने भएको छ ।
तायः मचा प्रतियोगितामा आयोजक सहित ३० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक मानकाजी माकाजुले जानकारी दिए । यो पटक ६ वटा महिला टोली पनि प्रतियोगितमा सहभागिता जनाउने भएको छ । दुइ दिनसम्म चल्ने महोत्सवमा चेतनामुलक फेसन सो, लाईभ ब्याण्ड मार्फत सांगीतिक कार्यक्रम, नेवारी मौलिक नाच, विभिन्न जातिका नाच, नेवारी खानाका परिकार साथै २० वटा स्टल रहने संयोजक माकाजुले बताए ।
प्रतियोगितामा विभिन्न ८ विधाहरुमा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितमा प्रथम हुनेले नगद ३० हजार रुपैयाँ, द्वितीयले नगद २० हजार रुपैयाँ, तृतीयले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यस्तै सान्त्वनाले नगद ५ हजार रुपैयाँ, विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट ख्याली, बाद्यबादक, उत्कृष्ट परी, उत्कृष्ट जोक्करले २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा सहभागी हुने महिला टोलीहरु मध्ये प्रोत्साहन स्वरुप एक टोलीलाई उत्कृष्ट घोषणा गरी १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जसरी तीज पर्व सबैको भयो यसै गरी गाइजात्रा पर्व पनि सवैको भएको बताए । परम्परादेखि चल्दै आएको संस्कृतिलाई बचाउनका लागि महोत्सवको आवश्यकता परेको उनको भनाइ थियो ।
नेवाः खल कास्कीले २०५४ साल देखि व्यवस्थित रुपमा तायःमचा नृत्य प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । साँघुमुख टोल विकास संस्थाका अध्यक्ष ओमलाल बड्गामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तायमचा समितिका सचिव विकल साईले गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रुपाकोट सुन चाँदी दुकान रहेको छ । महोत्सवलाई सम्पन्न गर्नका लागि मानकाजी माकाजुको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
देवघाटमा मकर काव्य यामिनी
हेमजा रेडक्रसको निबन्ध
पर्यटनको विकासमा संगीतको महत्व उच्च
पोखरामा ‘गण्डकीका धुनहरू’
श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१