तमू प्ये ल्हु संघ युवा समितिको सांस्कृतिक साँझ

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
pelu_Fotor

तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा आगामी भदौ २८ गते पोखरामा स–पुmँ–क्ह्याल्स सांस्कृतिक साँझ हुने भएको छ।

तमू जातिको कुल धर्म बोन धर्मको बारेमा सांस्कृतिक कार्यक्रम मार्फत प्रचार प्रसार गर्नै र आगामी राष्ट्रिय जनगणनामा धेरैभन्दा धेरै बोन धर्मावलम्बीको सहभागिता जनाउन सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। कार्यक्रमले भ्रमण वर्षलाई सहयोग पुर्याउने आयोजकको अपेक्षा छ।

युवा समितिका अध्यक्ष शुक्रराज तमूले प्रथम पटक आयोजना गर्न लागेको कार्यक्रमका लागि आपूmहरु ३ महिनादेखि निरन्तर तयारीमा जुटी रहेको बताए।

पोखरा सभागृहमा हुने कार्यक्रममा गायक मिलन लामा, गायक तथा संगीतकार धनबहादुर गुरुङ र गायिका कुशुम गुरुङको सांगीतिक प्रस्तुति रहने छ ।

यस्तै, तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिमा आवद्ध करिब ६० जना कलाकारले सांस्कृतिक प्रस्तुति दिने भएका छन्।

कार्यक्रम सम्पन्न गर्न ११ लाख ३० हजार खर्च हुने र १६ लाख ५० हजार आम्दानी हुने आयोजकको लक्ष्य रहेको छ।

तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष शुक्रराज तमूको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष जीवन तमूले स्वागत र प्रचार संयोजक सुरज तमूले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width