‘कबड्डी कबड्डी कबड्डी’ को गीत सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७६
maxresdefault_Fotor

निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को गीत ‘दुबो फुल्यो’ सार्वजनिक भएको छ। भदौ १३ गते रिलिज हुने चलचित्रको सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रमुख फिचर्ड छन्।

हेमन्त राना र ऋतिका श्रेष्ठको आवाज रहेको गीतमा एसडी योगीको संगीत र हर्क साउदको शब्द रहेको छ। रेनशा बान्तवा राईले भिडियोको निर्देशन गरेकी हुन्। वाइल्ड रिपर्ज ग्रुपको कोरियोग्राफी रहेको छ। निर्माण टिमले यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ। प्रतिस्पर्धामा सहभागी मध्येबाट उत्कृष्ठ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने निर्माण युनिटले जनाएको छ।

चलचित्र स्वजातीय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथाभित्र घुम्ने छ। निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले कथा लेखेका छन्। बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्र निर्माण भएको हो। शैलेन्द्र डी कार्कीले चलचित्रको छायांकन गरेका हुन्।

यस चलचित्रमा रिश्मा गुरुङ, पुष्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरूको समेत अभिनय छ। चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • संगीतकार सुरेश सम्मानित

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…
  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…

hero news full width