रमिलाको ‘पशुपतिमा चाँदीको ढोका’

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७६
Teej Geet Pashupatima by Ramila & Khuman_Fotor

गायिका रमिला न्यौपानेले आफ्नो नयाँ तीज गीत ‘पशुपतिमा’ सार्वजनिक गरेकी छिन्।

पछिल्ला वर्षमा निरन्तर तीजगीत बजारमा ल्याइरहेकी उनले खुमन अधिकारीसँग उक्त गीत गाएकी हुन्। न्यौपाने लगायत बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीको कोरस स्वर छ।

बाबुराम बोहरा शब्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ। गीतको म्यूजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले नृत्य गरेका छन्। प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई राजेश घिमेरेले खिचेका हुन्। विष्णु शर्माले गीतलाई सम्पादन गरेका छन्। युट्युबमार्फत सनराइज म्यूजिकले गीतलाई बजारमा ल्याएको हो।

यसअघि, गायिका रमिलाले १५० भन्दा बढी गीतहरु गाइसकेकी छिन्। रमिलाले १४ वटा लोकसंगीतका एल्बमहरु बजारमा ल्याइसकेकी छिन्। ‘म त आउँदिन है कालु हो’, ‘मेड इन नेपाल’, ‘झमझम् दर्कियो पानी’, ‘ओम शिव शंकर भोला’, ‘आँखा मारी–मारी’, ‘बर्बादै भयो’, ‘आशीर्वाद माग्छु, ‘घाम लाग्यो, शितलु भयो’, ‘काठमाडौंमा ट्याक्सी चलाउने’, ‘नराम्ररी फसे’, ‘फेसबुकमा फोटो’, ‘आउ–आउ माया’, ‘सिस्नुपानी’लगायत एल्बममा रमिलाले स्वर भरेकी छिन्।

Related News

सम्बन्धित समाचार

  • एसइई डान्स च्याम्पियनसिप उपाधि सृष्टिलाई

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८१
    पोखरा । गण्डकी प्रदेशस्तरीय एसइई डान्स च्याम्पियनसिप उपाधि सृष्टि गुरुङले जितेकी छन् । यस्तै, प्रतिष्ठा कार्की दोस्रो र नीलकसना श्रेष्ठ…
  • सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ बारे परिचर्चा

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८१
    पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ बारे परिचर्चा गरेको छ । पत्रकार रीना थापा…
  • पुतलीबजारमा साहित्यिक गोष्ठी

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८१
    स्याङ्जा । पुतलीबजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले साहित्यिक गोष्ठी सम्पन्न गरेको छ । सो अवसरमा गण्डकी प्रदेशस्तरीय कविता प्रतियोगितासहित स्रष्टा सम्मान…
  • मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर   

    आदर्श समाज सम्वाददाता जेठ १८, २०८१
    गण्डकी ।  कुनै समय घुमाउने (गोलो घर) नै लोपोन्मुख गन्धर्व जातिको परम्परागत बासथलो थियो । ढुङ्गा, माटो र काठले ती…
  • स्याङ्जाको चापाकोटमा सिर्जनशीलको कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ १८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र गण्डकी वाङ्मय प्रतिष्ठान स्याङ्जाको संयुक्त आयोजनामा मंगलबार स्याङ्जाको चापाकोटमा विविध कार्यक्रम भएको छ…

hero news full width

Recent Posts

भर्खरै