‘मुनामदन’ मञ्चन हुँदै

एजेन्सी
श्रावण ८, २०७६

विराट आदर्श साहित्यिक मञ्च, विराटनगरको प्रस्तुतिमा पोखरा थिएटरमा नाटक ‘मुनामदन’ मञ्चन हुँदैछ।

साउन १० देखि साउन १८ सम्म नाटक मञ्चनका लागि कलाकारसहित १५ सदस्यीय टिम पोखरा आइसकेको छ। उनीहरु यतिखेर गैह्रापाटनस्थित पोखरा थियटरको गन्धर्व हलमा रिहर्सलमा ब्यस्त छन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनमा आधारित सो नाटकमा सरु कटुवाल, लकेश दंगोल, अनु श्रेष्ठ, निराशा ढुंगेल, सन्देश बाराकोटी, नवराज नेपाल, मिलन चाम्लिङ, नवराज गिरी, एन्जल बस्नेत, नुना कट्टेल र आशुतोष कोइरालाको भूमिका रहेको छ।

नाटक निदेर्शन सविन कट्टेलले गर्दैछन्। नाटकको नाट्य रुपान्तरण कटुवाल दीपकले गरेका हुन्। विवेक आचार्य र नगेन्द्र खड्काले व्यवस्थापकको जिम्मा पाएका छन्। नाटक हरेक साँझ ५ बजे मञ्चन हुनेछ। शनिवार दिउँसो १ बजे तथा बुकिङ मार्फत अतिरिक्त शो हुनेछ।

नाटक हेर्न ३ सय र ५ सय रुपैयाँको टिकट काट्नुपनेर्छ। विद्यार्थीलाई सहुलियतवापत २ सय रुपैयाँ शुल्क लाग्नेछ। पोखरेली दर्शकको माया र साथ पाउनेमा आफू आशावादी भएको नाटकका निदेर्शक सविन कट्टेलले बताए। यसअघि यो नाटक विराटनगर र काठमाडौमा मञ्चन भइसकेको मञ्च अध्यक्ष कटुवाल दीपकले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width