गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सोमवार स्याङ्जा भीरकोट नगरपालिका वडा ७, छाङछाङदीस्थित छाङछाङदी शिव मन्दिरको दर्शन गरेका छन्।
मन्दिर दर्शनपछि प्रदेश प्रमुख कुवँरले मान्छेलाई आफू ठूलो र सानो भन्ने भ्रम भएकाले समभाव राख्न सके मात्रै सफल भइने बताए। उनले मान्छेमा धार्मिक मन नभएकाले अंहकारी सोच पलाउनले र थाहै नपाई गलत काम गर्ने प्रवृत्ति बढेको विचार व्यक्त गरे।
‘विधि मान्ने मान्छेले मौका पाए भने विधिलाई तोड्न सक्छ, तर धार्मिका मान्छेले मौका पाओस् नपाओस् धर्म छाड्दैन’ उनले भने, ‘त्यसैले धर्म नछाडी देशको सेवा गरे मात्रै समृद्धी आउँछ। धर्मले मान्छेलाई सही काम गर्न प्रेरित गर्छ। ’
उनले आध्यात्मप्रति रुची भएकाले अन्य मन्दिरमा जस्तै छाङछाङदी (छाया क्षेत्र) शिव मन्दिरमा दर्शन गर्न पुगेको सुनाए। ‘अविभावकका हैसियतले प्रदेशवासीको सुस्वास्थ्य, दीर्घायुको कामना सहित पूजाआजा गर्नु मेरो कर्तव्य पनि हो’ प्रदेश प्रमुख कुँवरले भने।
गण्डकी प्रदेशमा छाङछाङदी शिव मन्दिरको ठूलो महिमा रहेकाले यसको दर्शन गर्न पाउनु आफ्ना लागि शौभाग्य भएको उनले बताए। त्यस अवसरमा प्रदेश प्रमुख कुँवरलाई छायाक्षेत्र शिवमन्दिर सेवा समितिका पदाधिकारीले फूलमाला लगाएर स्वागत गरेका थिए। मन्दिरमा साउन महिनाको हरेक सोमबार दर्शनार्थीको भीड लाग्छ भने शिवरात्रीका बेला विशेष मेला लाग्ने गर्छ।
यस्तै, प्रदेश प्रमुख कुँवरसहित उनको टिमले स्याङ्जाको मिर्मिस्थित गण्डकी प्रदेश मात्र नभई देशकै ठूलो जलविद्युत् परियोजना कालिगण्डकी ‘ए’ को ड्याम र बेलटारिस्थित कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् गृहको अवलोकन समेत गरेको थियो।
प्रदेश प्रमुख कुँवरलाई कालिगण्डकी ‘ए’ जलविद्युत केन्द्र विद्युत् गृहका प्रमुख राजेश पाण्डले विद्युत् वितरण, यसको संचालन प्रक्रिया लगायतबारे जानकारी गराएका थिए। यहाँबाट १ सय ४४ मेगाबाट विद्युत उत्पादन हुने गर्छ।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१