गायिका थापा सम्मानित

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७६
20190720_093740_Fotor

गयिका अजुदा थापालाई सम्मान गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ । तस्वीर : आदर्श समाज

दार्जलिङमा जन्म भै पोखरालाई कर्म क्षेत्र बनाएकी गायिका अजुदा थापा अर्जुन नेपाली स्मृति संगीत पुरस्कार–२०७५ बाट सम्मानित भएकी छन् ।

उनलाई सम्मानपत्र, दोसल्ला र नगद १५ हजार एक रुपैयाँ प्रदान गरी पोखरामा शनिवार सम्मान गरियो ।

त्यस अवसरमा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले साहित्य, संगीत र कला नभए मानव जीवन निरस हुने बताए ।

उनले भने संस्कृति हाम्रो पहिचान हो, सभ्यता हो ।

गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने प्रक्रियाअघि बढिसकेको बताउँदै मन्त्री गुरुङले साहित्य र संगीतको विकासका लागि योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा–२ का वडाध्यक्ष रामेश्वर मल्लले संगीत प्रशिक्षण केन्द्र पोखराको विकासका लागि वडाबाट पनि सहयोग हुँदै आएको उल्लेख गर्दै पोखरामा संगीत विश्वविद्यालय आवश्यक रहेको बताए ।

पूर्व सभासद् शारदा पौडेलले सम्मानले संगीत क्षेत्रमा जागरण आउने धारणा राखिन् ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले अर्जुन नेपालीले वामपन्थी आन्दोलन र नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको चर्चा हुन नसकेको उल्लेख गर्दै भने– उनी पोखराका एकमात्र कुशल भ्वायलिन वादक थिए ।

प्रतिभा चयन समितिका संयोजकसमेत रहेका श्रेष्ठले सम्मानित प्रतिभा लोकप्रिय गायिकाका रुपमा स्थापित भएको बताए ।

सम्मानित अजुदा थापाले पुरस्कारले आफूलाई धेरै गीत गाउन हौसला थपेको बताइन् । साथै उनले त्यस अवसरमा कहाँबाट आयौ तिमी बोलको गीत पनि प्रस्तुत गरेकी थिइन् ।

पूर्व सम्मानित संस्था हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले स्व. अर्जुन नेपालीले संगीतको साधना हरेक दिन गर्नुपर्छ भन्नुभएको आफ्नो स्मरणमा सधैं रहेको बताए ।

संगीत प्रशिक्षण केन्द्र पोखराका कार्यवाहक अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा निवर्तमान अध्यक्ष सुरेन्द्रमान बिजुक्छेले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव महोदत्त काफ्लेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width