कुलेश्वरमा भानुजयन्ती

एजेन्सी
श्रावण २, २०७६
Bhanu-Bhakta-Acharya-768×632

काठमाडौं, २ साउन । कुलेश्वर आवास परिवार कल्याण संस्था साहित्य, कला, संस्कृति समाजद्वारा २०६ औं भानुजयन्तीको संदर्भमा आयोजित साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाकै सभाहलमा अध्यक्ष लोकनाथ पोखरेलको सभाध्यक्ष तथा प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतित्थ्यमा प्रा.डा. नारायणप्रसाद गडतौलाको विशेष अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सहसंयोजकमा ज्येष्ठनागरिक मिलन केन्द्र र महिला समुह रहेको थियो ।

कार्यक्रमको अन्य अतिथिमा साहित्य, कला, संस्कृति समाजका अध्यक्ष रामकुमार श्रेष्ठ “विनय”, संस्थाका पूर्व अध्यक्षद्वय बि.एल. श्रेष्ठ, लक्ष्मीनाथ श्रेष्ठ, ज्येष्ठ नागरिक मिलन केन्द्रका काबा अध्यक्ष फणिन्द्रराज पन्त, वरिष्ठ ज्येष्ठ नागरिक हरिहर बास्कोटा लगाएत कार्यक्रममा उपस्थित थिए ।

स्वागत मन्तव्य साहित्य, कला, संस्कृति समाजका अध्यक्ष रामकुमार श्रेष्ठ “विनय” ले उक्त समाजको बारेमा आफ्नो धारणा व्यक्त गर्दै प्रमुख अतिथि लगायत उपस्थित महानुभावलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सोही साहित्यिक कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले यो संस्थाले गर्दै आएको कार्य प्रति खुसी प्रकट गर्दै भानुभक्तले रामायण लेखे, रामायणको माध्यमबाट भाषा, लय र संस्कृतिको उठान भएको छ । भानुभक्तलाई आदिकविको उपाधि मोतीराम भट्टले दिएका थिए । मोतीराम भट्टले नै भानुभक्तलाई उजिल्याउने काम गरेका हुन् ।

अहिले धर्मप्रति अनास्था जगाउने काम भएको छ । नराम्रा कुराहरु एैजेरुको रुपमा आएका छन् । त्यसलाई हामीले परिमार्जन गर्दै लग्नुपरेको छ । धर्मले नियम र अनुशासन पालन गराउछ । हामीले हाम्रो संस्कृति बचाउनु पर्छ भन्ने विचार प्रमुख अतिथि पौडेलको थियो । उक्त कार्यक्रमका विशेष अतिथि नारायणप्रसाद गड्तौलाले भानुभक्तले रामायण लेखेका थिए । रामायण अहिले प्रत्येक मानिसको मनमनमा र नशानशामा रहेको छ । प्रौढमन एक्लै हिडेको छैन । बृद्धबृद्धालाई बालबालिका र बालबालिकालाई बृद्धबृद्धा चाहिन्छ । भानुभक्तले समाज र राष्ट्रका लागि छोडेर गएका कार्यले गर्दा नै अहिले हामीले भानुजयन्तीको संदर्भ पारेर सम्झिने गरेका छौ । अहिलेको समाजले रामको चरित्र उतार्न सकेको खण्डमा हाम्रो जीवन पद्दति कस्तो सुन्दर हुन्थ्यो होला भन्ने विचार राख्नु भएको थियो ।

उक्त कार्यक्रममा एभन गार्डेन स्कुल र प्यारामाउण्ट ई.बो. स्कुलका विद्यार्थी भाइबहिनी अस्मिता श्रेष्ठ, कुल्सुङ खातुल, स्नेह शाह, एलिना खत्री तथा अन्य कविहरु मुकुन्द न्यौपाने बाबुराम काफ्ले, निलहरि शर्मा, सन्दिप सापकोटा, जनार्जन, शीतल भट्टराइ, बसन्त यात्री, मथुरा सैजु, बुद्धिप्रसाद ढुङ्गाना, त्रिलोचन, महाप्रसाद भट्ट, हेमविक्रम थापा, मदन कुमार श्रेष्ठ, धनबहादुर मल्ल, डा. देवी प्रसाद भूसाल लगाएत धरैले भानुभक्त सम्बन्धी कवितावाचन गरेका थिए भने केही कविता अरु विषयमा वाचन गरेका थिए । सोही स्थानका केशवलाल श्रेष्ठले उक्त संस्थालाई प्रत्येक महिना मासिक एक हजार सहयोग प्रदान गर्दै आएका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width