५० प्रतिशत अनुदानमा साढे दशलाखका मौरी घर वितरण

आदर्श समाज सम्वाददाता
असार २१, २०७६
Mauri

लमजुङ, २१ असार । बेसीशहर नगरपालिकाले ५० प्रतिशत अनुदानमा साढे दशलाखका मौरी घार वितरण गरेको छ । कृषकलाई व्यावसायिक रुपमा अगाडि वढाउन कार्य गरिएको नगरपालिकाकाले जनाएको छ ।

नगरपालिकाका मेयर गुमानसिंह आर्यालले मौरीका खाली घार कृषकलाई वितरण गर्दै तपाई व्यावसायिक बन्नुहोस् र तपाईको जीवनस्तर उठोस् भन्नका लागि आफूहरूले यो काम गरेको बताए । उनले भने, ‘यो निःशुल्क पनि वितरण गर्न सकिन्थ्यो तर तपाईहरूको लगानी भएपछि माया हुन्छ, लगाव बढ्छ भनेर आधा अनुदानमा वितरणको प्रवन्ध गरिएको हो ।’ तपाईहरू सबैलाई व्यावसायिक बन्नका लागि आग्रह गर्दछु उनले भने ।

नगरपालिकाको कृषि शाखामार्फत नगरपालिका भित्रका सबै वडामा मौरीका घार माग गर्ने किसानको कृषिप्रतिको लगावका आधारमा वितरण गरिएको उक्त शााखाका प्रमुख नवराज बरालले बताए । उनका अनुसार मौरीको पकेट क्षेत्र वडानं– ४ को पुरानकोट र ५ को नाल्मामा मौरी घर वितरणका लागि सात लाख रुपैयाँ विनियोजन गरिएकोमा पछि माग बढ्यो, सबै वडाबाट माग आयो । त्यसपछि अर्को एक कार्यक्रमको रकम साढेतीन लाख समेत रकमान्तर गरी साढे १० लाख पु¥याएर यो काम गरिएको हो ।

नगरपालिकाका ११ वटा वडाबाट मौरी घर माग गर्ने कुल संख्या खाली घारको पाँच सय ३९ जना र मौरीको गोलासहितको घार माग्ने चार सय ८१ जना थिए । तीमध्ये क्रमशः एक सय ५० र एक सय ६० वितरणको योजना हामीले बनाएर काम गरेका छौं बरालले जानकारी दिए । उनका अनुसार एउटा मौरी घार खालीलाई तीन हजार चार सय र मौरी गोला सहितको घारलाई आठ हजार पाँच सय रुपैयाँ गरेको छ । त्यसमा ५० प्रतिशत कृषकको लगानी छ र ५० प्रतिशत नगरपालिकाले खर्च बहोर्ने काम गरेको उल्लेख गरे ।

ती मौरी घर एक जनालाई एउटा देखि बढीमा १० वटासम्म वितरण गरिएको कृषि शाखाकै अर्का अधिकृत सूर्यप्रसाद सेढाईले बताए । उनका अनुसार व्यावसायिक मौरी पालन थालेका र समूह वा सहकारीमार्फत आउनेका लागि केही बढी घर दिने नीति अनुसार वितरण गरिएको हो ।

मौरी घार पाएका किसानलाई दुइैदिने तालिमको प्रवन्ध गरिएको छ, साउनको पहिलोसातामा सो तालिम सञ्चालन गरिने नगरपालिकाको कृषि शाखाका प्रमुख नवराज बरालले बताउछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width