नेपाल मद्रण उद्योग महासंघ गण्डकी, मुद्रण उद्योग संघ कास्की र लायन्स क्लब अफ पोखरा संगमद्वारा मंगलवार संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरियो। विन्दुवासिनी मन्दिरको प्राङ्गणमा भएको सो कार्यक्रममा ४० जनाले रक्तदान गरे। पोखरा–२, का वडाध्यक्ष रामेश्वर मल्लले प्रथम रक्तदाता मुद्रण उद्योग संघ कास्की अध्यक्ष पदम श्रेष्ठलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।
त्यस अवसमा प्रमुख अतिथि मल्लले रक्त अभाव भएको बेला रक्तदान कार्यक्रम हुनु सह्रानीय कार्य भएको बताए।
रक्त सञ्चार केन्द्र पोखराका प्रमुख दुर्गाप्रसाद लामिछानेले १७ देखि ६० वर्ष उमेरसम्मका स्वस्थ मानिसले रक्तदान गर्न सकिने जानकारी दिए।
कार्यक्रममा मुद्रण महासंघका उपाध्यक्ष देवीप्रसाद अर्याल, गण्डकी प्रदेशका महासचिव वसन्त बास्तोला, लायन्सका सिनियर एड्भाइजर टीकाराम सापकोटा, रिजन चियरपर्सन शारदा शर्मा, जोन चेयरपर्सन सरु गिरीले शुभकामना मन्तव्य राखेका थिए।
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी अध्यक्ष महेन्द्र बजिमयको अध्यक्षतामा भएको सो कार्यक्रममा संयोजक एवम् लायन्स पोखरा संगम अध्यक्ष गीरबहादुर श्रेष्ठ (किरन) ले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रम सञ्चालन मुद्रण उद्योग महासंघ गण्डकी सदस्य कोपिला श्रेष्ठले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु
गुरुङ सम्पदा पदमार्ग घोषणा
पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने
विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै
पोखरा महानगरको बजेट पारित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१