तीब्रेकोट हरितपार्क उद्घाटन

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
befb99ace6e22adb733b7ec82d6c2b04_Fotor

राष्ट्रिय वृक्षरोपण दिवस–२०७६ अवसरमा हेमजा मेलवोटस्थित तीब्रेकोट वन क्षेत्रमा निर्माण गरिएको तीब्रेकोट शहरी हरितपार्क उद्घाटन गरिएको छ।

वन निर्देशनालय गण्डकी प्रदेश, डिभिजन वन कार्यालय कास्की तथा तीब्रेकोट सामुदायिक वनले संयुक्त रुपमा गरेको कार्यक्रमबीच प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पार्क उद्घाटन गरेका हुन्।

मन्त्री लम्सालले वनलाई उत्पादन र समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औल्याए। उनले हरियो वन देख्नका लागि मात्रै नभइ उपयोगमा समेत ल्याउनुपर्ने बताए। वनको दिगो व्यवस्थापन बलियो हुनुपर्ने बताउँदै उनले वनभित्र फलफूलका बिरुवा रोप्न सुझाव दिए।

त्यस अवसरमा प्रदेश वन निर्देशक प्रकाश लम्साल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दलबहादुर अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मनोहरप्रसाद लम्साल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विष्णु भण्डारी, वडा सदस्य जीतबहादुर कार्की लगायत बोलेका थिए।

वन समूह अध्यक्ष विशालजंग कुँवरले हरितपार्क निर्माणसँगै जलवायु परिवर्तनको असर कम हुने दाबी गर्दै वातावरण संरक्षणमा सबै नागरिकले भुमिका खेल्नुपर्ने औँल्याए।

त्यस अवसरमा वरपीपल, स्वामी, एभोगाडो लगायत ३० प्रजातिका बिरुवा रोपिएको थियो। उक्त पार्कलाई अध्ययनस्थल तथा बालउद्यानका रुपमा विकास गर्ने लक्ष्य रहेको जनाइएको छ। कार्यक्रममा वन समूहले मन्त्री लम्साललाई आफ्नो योजनापत्र हस्तान्तरण गरेको थियो।

वन समूह अध्यक्ष कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण कुँवरले स्वागत र सहायक वन अधिकृत धुव्रबहादुर मल्लले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width