गुञ्जिए कवि ढकाल

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
dhakal_Fotor

पोखराका काव्यप्रेमीको एउटा जमात असारेपन्ध्र तथा धान दिवस अवसरमा कविताको रोपाइँमा जुटेको थियो। कविताकै हिलो खेल्ने, कविताकै कोदाली चलाउने र कविताकै रोपाइँ गर्ने अवसर जुराएको थियो ‘पुछारसिटे अभियान’ले।

दिवस अवसरमा पुछारसिटे अभियानले आयोजना गरेको दही चिउरासँग कविता (एकल कविता वाचन) शृङ्खलाको दोस्रो संस्करणमा उपस्थित भए–पोखराका कवि अर्जुनकुमार ढकाल।

हामीकहाँ अधिकार र परिवर्तनका नाममा धेरैपटक ठूलाठूला आन्दोलन भए। ती आन्दोलनक्रममा थुप्रै राष्ट्रभक्तले सहादत प्राप्त गरे। नेपाली राजनीतिक तहमा हुने महान् बलिदानीको अवमूल्यन र अपमानलाई यसरी प्रस्तुत गर्दै सहिदलाई सम्झेर कविता वाचनको थालनी गरे ढकालले–

‘केही हुँदैन–

मान्छे नै मान्छेको समाजबाट

एउटा मान्छेको उत्सर्ग हुँदा

आकाशको जून झरेर सती जाँदैन

यत्तिन हो –

मतपेटिकामा एउटा मत खस्दैन।

गड्गडाहट तालीका बिचमा कहिले गाउँ रित्तिएका व्यथा सुनाए भने कहिले सिरियाको युद्धमा सिकार बनेका बालबालिकाका चित्कार प्रस्तुत गरे।

वातावरणप्रति निकै सजग यी कविले गिद्ध गाथा कविता प्रस्तुत गर्दै मानिसले सुन्दर प्रकृतिको पुजारीका रूपमा रहेको गिद्धलाई संरक्षण गर्न नसके मानव जीवन र पृथ्वीकै अस्तित्व संकटमा पर्न सक्ने चेतावनीसमेत दिए।

एकातिर देशमा युवा छैनन् अर्कातिर राज्यलाई भ्रष्टहरूको अखडा बनाई देश खोक्रो तुल्याउने काम गरेको भन्दै कर्मचारीतन्त्रमाथि उनी यसरी खनिए–

‘खर्दार सा’ब

तिमी नै

अनागरिकलाई नेपाली बाउ खोजिदिन्छौ

हातमा बंशजको नागरिकता थमाइदिन्छौ

तिमी नै त हौ नि

दौरा लाएर देश बेच्ने

देश बेचेर छोरीलाई दाइजो दिने।’

कार्यक्रममा साहित्यकार सरुभक्तले पोखरेली परिवेशमा यसप्रकारका कविता बिरलै सुनिने बताउँदै बहुविषयलाई गम्भीररूपमा उठान गर्दै भावको गहिराइमा पुर्याउने सामथ्र्य अर्जुनमा आफूले देखेको बताए

‘भरिया डट कम’, ‘मुलाङ अर्जुन’, ‘हरायो’, ‘पसिनाको अर्थशास्त्र’, ‘साहदत’, ‘गिद्ध गाथा’, ‘खर्दार सा’ब’, ‘फैसला’ आदि एक दर्जन कविता सुनाएका अर्जुनलाई कवि सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्यायले उनका बहिनीको चिठी र नानीहरूका चित्र शीर्षकका दुई कविता वाचन गरी साथ दिए।

पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भीम रानाभाट, सरला लामिछाने, वसन्त विनोद, मोहन भण्डारी लगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width