नाटकबाट चारदशक देखिका महिला हिंसाको स्मरण

आदर्श समाज सम्वाददाता
असार १६, २०७६
DSC_0260

पोखरा, १६ असार । काठमाणै लगायत देशका बिभिन्न स्थानमा पछिल्लो समय सिरिन्ज हमला वढेको छ । शहरका गल्लीमा महिला जोगिएर हिड्न कठिन भइरहेको छ ।

अनुसन्धानबाट त्यस्तो हमला सिरिन्जबाट नभई काँटीबाट भएको पुष्टि भएको छ, केही दशक अघि पनि सिरिन्ज हमला भएका कुरा सुन्नमा आउथे यो महिला हिंसाको नयाँ रुप बनेको छ अहिले ।

कन्चरपुरकी वालिका निर्मला पन्तको बलात्कार पछिको हत्याले देश नै तातेको अवस्थामा यस्तै प्रकृतीको घटना वि.स. २०३८ ताका पोखरा घुम्न आएका नमित, सुनिता किशोरी माथि भएको थियो ।

बलात्कार गरी हत्या गरिएको प्रसंग त धेरैलाई थाहै छैन । वालिका तथा महिलाले विभिन्न काल खण्ड र वर्तमानमा भोगिरहेको हिंसालाई नाटकः योनीका कथाहरु ः प्राइभेट इज पोलिटिकल पोखरा थिएटरमा मञ्चन भएको छ ।

आइतबार मञ्चन भएको त्यो नाटकले नेपाली समाजमा भइरहेका र भइसकेका महिला हिंसालाई उजागर गरेको छ । केही समय अगाडि एक प्रख्यात विश्व विद्यालयका प्राध्यापकले थेसिस सिकाउने बहानमा आफ्नै छात्रालाई गरेको यौन दुव्र्यवहारदेखि निर्मला पन्तको बलात्कारको हिंसालाई नाटक मार्फत मञ्चन गरियो । यस्तै पछिल्लो पटक युवतीहरुमाथि एसिड प्रहारको घटना बढिरहेको परिवेशलाई नाटकले प्रस्तुत गरेको थियो ।

बिगत ४ वर्षदेखि राजधानी काठमाण्डौमा योनीका कथाहरु मञ्चन गरिदै आएकोमा मोफसलमा भने पहिलो पटक पोखरामा गरिएको हो । यो नाटक मात्र नभएन एक अभियान हो जसले महिलाहरु स्वतन्त्र भई पितृसत्ताबाट मुक्ति चाहन्छन् भनि दर्शाउँछ ।

करिब ३० वर्ष अगाडिदेखि अमेरिकाबाट शुरु भएको यो अभियान महिला हिंसा बढीरहेको नेपालमा पनि प्रवेश गर्नु सानो कुरा पक्कै होइन । संविधानले महिलालाई अधिकार त दियो तर यर्थाथमा कार्यान्वयन भने हुन सककेो छैन । ३३ प्रतिशत अधिकार पाइसक्यौ, यो भन्दा अरु के चाहियो भनेर महिलाहरुले नै भनिरहेको अवस्थामा नाटकले औंला ठड्याएको छ ।
पितृसत्ताले ग्रस्त समाजमा महिला हिंसा हुँदा त्यसलाई राजनीतिक र प्रशासनिक शक्ति र पहुँचको आधारमा गुपचुप राखिने र अनुसन्धानको फाइल पनि बन्द गरिने आपराधिक क्रियाकलापलाई नाटकले प्रश्न तेर्साएको छ । पोखरामा नाटक मञ्चन गरिएकोले पोखरामै ४० वर्ष अगाडि भएको नमिता, सुनिता, निराको बलात्कार पछिको हत्याको प्रसंगलाई पनि नाटकले छोएको छ ।

अधिकांश यौनजन्य हिंसा पुरुषबाट हुने गरे पनि महिलाहरुले समेत पुरुषलाई यौनजन्य हिंसा गर्न सक्छन् भन्ने प्रसंग नाटकको एक दृश्यमा देखिन्छ । करिब ३५ वर्षकी शिक्षिकाले यौन तिर्खा मेटाउन १२ वर्षको पुरुष विद्यार्थीलाई प्रयोग गरेको र उनी हाल प्रिन्सिपल भएकाले अब उनलाई कसैले केही गर्न नसक्ने प्रसंगले नेपालमा चलेको मी टू अभियानलाई जोडेको छ । विश्वभर मी टू अभियान मार्फत बिगतमा आफुमाथि भएका यौनजन्य हिंसालाई सार्वजनिक गर्ने प्रसंगलाई पितृसत्तात्मक मानसिकता बोकेका पुरुषले महिलाले ढाँटेर फसाउँछन् भन्ने अभियानलाई प्रश्न तेर्साएका छन् । धेरै वर्ष अगाडि आफु बोल्न नसक्ने, प्रश्न तेर्साउन नसक्ने उमेरमा कसैबाट गरिएको यौनजन्य हिंसालाई ठूलो भएपछि बोल्दा समाजले प्रमाण माग्दा हुने सामाजिक हिंसाको प्रसंगलाई शिलाशिलेवर रुपमा नाटकले अगाडि बढाएको छ ।

यस्तै समाजमा समलिङ्गीको अस्तित्व नस्वीकार्ने हुँदा खुलेर आफू बोल्नुपर्ने र आफूले इच्छाएको बिपरित वा सोही लिंगको व्यक्तिसँग वैवाहिक अधिकार हुनुपर्ने निचोड उक्त नाटकले दिएको छ । श्रीमतीको इच्छा बिना गरिने यौनलाई कानूनले वैवाहिक बलात्कारको रुपमा मानेको हुँदा आफ्नी पत्नीले हुँदैन भनेपछि जबरजस्ती गरिने यौनहिंसाको बारेमा उठेका आवाजलाई पनि नाटकले मञ्चन गरेको छ ।

९० मिनेट अवधिको नाटकले २०३८ देखि २०७६ साल बिचको ३८ वर्षे अवधिमा नमिता, सुनिता र निराको बलात्कारपछिको हत्याकाण्डदेखि सिरिन्ज प्रहारका महिला हिंसालाई मनोवाद शैलीमा प्रस्तुत गरेर दर्शकबाट बिदा लिएको छ । साथै यसले साना बालबालिकादेखि युवतीहरु विद्यालय, सडक, घर तथा आफु कार्यरत ठाउँ कतै पनि सुरक्षित नभएकोले हिंसा बिरुद्ध प्रतिकार गर्दै त्यसलाई पर्दाफास गर्नुपर्छ भन्ने सन्देश पनि दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width