७६ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
blood_Fotor

४६ औं स्थापना दिवसको अवसरमा नेपाल औषधि ब्यवसायी संघ गण्डकीले आयोजना गरेको रक्तदानमा ७६ युनिट रगत संकलन भएको छ।

कार्यक्रम उद्घाटन गर्दै संघका केन्द्रीय सचिव यामनाथ पौडेलले रक्तदान मानवीय सेवा भएको उल्लेख गरे।

त्यस अवसरमा दारी ग्याङ्ग पोखराका संयोजक बसन्त पहारी, ध्रुव लामिछाने, कमला भण्डारी, जीतेन्द्रमान शाक्य र मेघनाथ काफ्लेले बोलेका थिए।

कार्यक्रममा ५६ औं पटक रक्तदान गर्ने तीर्थराज अवस्थीलाई सम्मान गरिएको कार्यक्रम संयोजक संजीव देवकोटाले जानकारी दिए।

नेपाल औषधि ब्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव कृष्ण पाण्डेले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width