अञ्जु र कर्णराजको ‘जिन्दगी खास भयो’

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
Jindagi Khas bhayo by Anju & KarnaRaj_Fotor

गायिका अञ्जु पन्त र गायक कर्णराज गिरीको स्वरमा ‘जिन्दगी खास भयो’ बोलको गीत सार्वजनिक भएको छ। मुक्त उदासको शब्द रचना रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्।

शान थापा निर्देशित गीतको भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन्। भिडियोमा उनीहरुको प्रेमभावलाई देखाइएको छ। राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्।

रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width