छैटौँ अनुपम साङ्गीतिक साँझ

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
anupam_Fotor

छैटौँ अनुपम साङ्गीतिक साँझ–२०७६ मा गायक पुरुषोत्तम न्यौपानेलाई अनुपम म्युजिक अवार्ड प्रदान गरिएको छ। सम्मानपछि न्यौपानेले अवार्डले आफूलाई लोकसङ्गीतका क्षेत्रमा थप काम गर्ने हौसला प्रदान गरेको बताए।

उनले नेपाली लोकसङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका भन्दै नगद ८ हजार ८ सय ८८ रुपैयाँ, दोसल्ला, सम्मान पत्रसहितको अवार्ड प्रदान गरिएको। कार्यक्रममा तीर्थहरि स्मृति अवार्ड समाजसेवी विश्वमोहन गौचनलाई प्रदान गरिएको थियो।

तीर्थहरि स्मृति प्रतिष्ठानद्वारा स्थापित तथा अनुपम म्युजिकद्वारा सञ्चालित सो अवार्डमा नगद ५ हजार ५ सय ५५ सम्मान पत्र र दोसल्ला रहेको थियो।

यस्तै अनुपम सङ्गीत सम्मान गीतकार सुमन श्रापित र सङ्गीतकार डेनी निरौलालाई प्रदान गरिएको छ। उनीहरुलाई प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद् सदस्य हरिदेवी कोइराला, पत्रकार बद्र्रिविनोद प्रतीक, समाजसेवी भरत सिग्देल, पाहार ट्रस्टका अध्यक्ष चन्द्रबहादुर गुरुङ, गायक पदमराज ढकाल, समाजसेवी वीरेन्द्र पालिखे, बाबा फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठ, अनुपम म्यूजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीलगायतले सम्मान गरेका थिए।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले आगामी संस्था स्थापनाको दसौँ वर्ष पुगेको अवसरमा सम्मान तथा अवार्डलाई अझै विशेष बनाइने जानकारी दिए। कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावी, सहसचिव गोविन्द सिन्जाली, ईशु श्रेष्ठ र लक्ष्मी गुरुङले गरेका थिए।

बाबा फाउण्डेशनद्वारा संरक्षित बालबालिकाको सहयोगार्थ आयोजित कार्यक्रममा गायक कर्म ग्याल्छेन, शीतल थापा, अनुज कुलुङ, रामभक्त जोजिजू, इतु जोजिजू, ज्ञान थापा, देवी गुरुङ, सुदीप गुरुङ, सङ्गीता श्रेष्ठ, निरुता विक, दिनेश न्यौपाने, पुरुषोत्तम न्यौपानेलगायतले आफ्ना साङ्गीतिक प्रस्तुति राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width