पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले परम्परागत खेती गर्ने प्रचलनमा सुधार गर्दै व्यावसायिक खेतीमा जोड दिएका छन्।
पोखरा महानगरपालिकाको सहयोगमा लेखनाथ सामूदायिक कृषि सहकारीद्वारा संचालनमा ल्याइएको कष्टम हायरिङ सेन्टर (कृषि औजार भाडाकक्ष) शनिवार उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन्।
उनले कृषिलाई हेर्नलायक बनाउन नमुना खेती प्रणालीबाट उत्पादकत्व वृद्धि गरी सामूहिक खेती प्रणालीमा जानुपर्ने बताए। ‘अबको कृषि भनेको निर्वाहमुखी नभई व्यावसायिक तरिकाले उत्पादित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी कसरी उत्पादकत्व बढाउन सकिन्छ भनेबारे योजना बनाए महानगर हातेमालो गर्न तयार छ, ’ उनले भने।
लेखनाथ सामुदायिक कृषि सहकारी संस्था अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जग्गा ब्यवस्थापनदेखि अन्नबाली नभित्राउँदासम्म यहाँबाट सेवा पाउन सकिने बताए।
वडाध्यक्ष पूर्णकुमार गुरुङले सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव राखेका थिए।
कार्यक्रममा सम्पूर्ण सहकारीतर्फबाट क्षेत्रशक्ति बचत तथा ऋण सहकारी संस्था अध्यक्ष ईन्द्रबहादुर थापा र कृषि सञ्जाल अध्यक्ष दयाराम तिवारी लगायतले मानवस्वाथ्यमा असर नपुग्ने गरी उत्पादित वस्तुको बजारीकरणमा कुनै समस्या नरहेको बताए।
कार्यक्रममा संस्थाका व्यवस्थापक शंकरप्रसाद पौडेलले कृषि औजारको उपयोगिता र संचालनका कार्यविधिबारेमा जानकारी गराएका थिए।
कार्यक्रम संचालन सचिव कृष्णप्रसाद तिवारीले गरेका थिए।
संस्थाले पहिलो चरणमा जोत्ने ट्याक्टर २ वटा, ढुवानीको लागि ट्रली, बोलेरो जिप, धान तथा गहुँ चुट्ने थेसर, आलु लगाउने मेसि, जग्गा सम्याउने मेसिन व्यवस्था गरेको छ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९