वालिङ, २४ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अब हरेक व्यक्ति व्यवसायिक बन्नुपर्ने बताएका छन् ।
स्याङ्जाको वालिङमा शुक्रबारबाट शुरु भएको वित्तीय जागरण अभियान अन्तर्गत बैंकिङ/बीमा एक्स्पो वालिङको उद्घाटन गर्दै अब हरेक व्यक्ति ब्यवसायिकतातर्फ जोडिनुपर्ने बताए । “अहिलेको जमाना जागिरको होईन ब्यवसायिक जमाना हो” गभर्नर नेपालले भने, “अब जागिर खानेभन्दा पनि मालिक बन्ने गरी कार्यहरु अगाडि बढाउनु अहिलेको समयको माग हो ।”
नेपालमा अवसरै अवसर हुँद हुँदै पनि दैनिक युवाशक्ति रोजगारीका लागि विदेश जानु दुखको कुरा भएको बताउँदै गभर्नर नेपालले अब युवालाई विदेश पठाउने भन्दा पनि यहीँ उद्यमशीलतातर्फ अभिप्रेरित गर्नुपर्नेमा जोड दिए ।“आफ्नो काम आँफैले नगरे अरु कसैले गरिंदिदैंन” गभर्नर नेपालले भने, “त्यसैले स्वदेशमै रहेर आफ्नै गाउँ ठाउँमा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिई ब्यापार ब्यवसाय गर्नुहोस् ।”
वित्तीय जागरणका लागि सबैभन्दा पहिला बैंक तथा वित्तीय संस्थाहरुले पैसाको महत्व बुझ्नु र बुझाउनुपर्ने आवश्यकता रहेको गभर्नर नेपालको भनाई थियो ।
वालिङ नगर प्रमुख दीलिपप्रताप खांँण अब हरेक मानिस उद्यमशिलतासँग जोडिनु आवश्यक रहेको बताए । “जबसम्म पैसालाई पूँजीमा रुपान्तरण गर्न सकिँदैन तबसम्म आर्थिक विकासले गति लिदैन” नगर प्रमुख खाँणको भनाई थियो । वालिङमा शुरु भएको वित्तीय जागरण राष्ट्रिय अभियानलाई सफल बनाई वित्तीय तथा बीमासम्बन्धी जानकारी हासिल गर्नकालागि उपयोगी हुने विश्वास ब्यक्त गरे ।
डेभलपमेण्ट बैंक एशोसियसनका केन्द्रीय अध्यक्ष गोविन्द ढकालले वित्तीय जागरण कार्यक्रमले यहाँका सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न सजिलो हुने विश्वास ब्यक्त गरे ।वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले वित्तीय जागरण अभियानले वालिङमा रहेका बैंक तथा वित्तीय संस्था र सेवाग्राही लाभान्वित हुने बताए ।
मिडिया ईन्टरनेशनलको आयोजनामा शुरु भएको एक्स्पोमा नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिको सहकार्य तथा वालिङ उद्योग वाणिज्य संघको साझेदारी रहेको छ ग्रामीण अर्थतन्त्रको विकास एवं लघुउद्यमशीलतालाई समेत प्रभावकारी बनाउने राष्ट्र बैंकको योजना अनुसार“सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत गर्ने र सबै नेपालीको बैंक खाता” कार्यक्रमलाई सार्थकता दिने वित्तीय जागरणको मुख्य उद्देश्य रहेको वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले बताए । कार्यक्रम शनिबार सकिने छ ।
Related News
सम्बन्धित समाचार
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०