नेपाली काँग्रेस कास्कीले फेवाताल संरक्षणका सम्बन्धमा पोखरा महानगरपालिकाले प्रकाशित गरेको सूचनाप्रति
गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महानगरले गत जेठ ९ मा स्थानीय पत्रपत्रिकामा सूचना जारी गर्दै फेवाताल मापदण्डविपरीतका संरचना हटाउन १५ दिने सूचना जारी गरेको थियो।
फेवाताल संरक्षण र त्यस क्षेत्रको विकासका लागि भन्दै तोकिएको ६५ मिटर मापदण्डभित्र रहेका व्यक्तिको जमिन र त्यसभित्र बनेका संरचनाका सन्दर्भमा क्षतिपूर्तिबिना भत्काउन भनी सूचना जारी हुनुले व्यक्तिको सार्वभौम सम्पत्तिमाथिको अधिकार हनन् भएको महसुस भएको काँग्रेस जिल्ला सभापति कृष्ण केसीद्वारा विहीवार जारी विज्ञप्तिमा उल्लेख छ।
‘सरकारी नियमले कुनै पनि योजना ल्याउँदा व्यक्ति विशेषको जमिन आवश्यक भएमा उक्त जमिनको प्रचलित मूल्यअनुसार क्षतिपूर्तिको व्यवस्थासहित अधिकरण गरी मुआव्जा दिई जमिन राज्यले लिनुपर्ने कानूनी प्रावधान हुँदाहुँदै त्यसको ठाडो उल्लंघन गरी तालको सिमानासमेत नतोकिकन बिनायोजना व्यक्ति विशेषको लालपूर्जाभित्रको जमिन र त्यहाँ बनेको संरचनाको कानूनबमोजिम क्षतिपूर्ति व्यवस्था गरेरमात्र मापदण्ड कार्यान्वयनको योजना अगाडि बढाउन सम्बन्धित पक्षसँग काँग्रेसले माग गर्दछ, विज्ञप्तिमा उल्लेख छ।
Related News
सम्बन्धित समाचार
नीति कार्यक्रम सीमित क्षेत्रमा केन्द्रित : सांसद केसी
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०