हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ।
दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरीले थप जानकारी दिएको छ।
हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा एक साता अगाडि पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता रहेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका थिए।
सो डुङ्गामा ३३ जना दक्षिण कोरियाली पर्यटक सवार रहेको सोलस्थित विदेश मन्त्रालयले जानकारी दिएको थियो। हराइरहेका २१ व्यक्तिमा पनि प्रायः दक्षिण कोरियाली नागरिक नै रहेका दक्षिण कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको थियो।
स्थानीय समयानुसार गत बुधबार राति करिब ९ बजे भीषण रुपमा वर्षा भइरहेको अवस्थामा नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङगामा अर्को डुङ्गा आएर ठोक्किएपछि दुर्घटना भएको थियो। दुई तले सो डुङ्गामा ४५ जना बसेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको तर यस डुङ्गामा ६० जना सवार रहेका प्रत्यक्षदर्शीले जनाकारी दिएका थिए। हराइरहेका व्यक्तिको खोजीका लागि ड्यानुब नदीमा अझै पनि खोजी अभियान चलाइएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
Related News
सम्बन्धित समाचार
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ
अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
ट्रम्पको ट्विटर आइतबारदेखि पुनः सञ्चालनमा
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०