क्षत्री समाज नेपाल, कतारको १४ औं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०८१
chhetri

पोखरा । क्षत्री समाज नेपाल, कतार शाखाको १४ औं स्थापना दिवससहित विशेष अन्तर्राष्ट्रिय क्षत्री भेला राजधानी दोहामा सम्पन्न भएको छ ।

समाजका केन्द्रीय अध्यक्ष रिवबहादुर थापाले कार्यक्रम उद्घाटन गर्दै कतारमा रहेका क्षत्रीहरुले गरेको योगदान महत्वपूर्ण रहेकोले समाजलाई अगाडि बढाई क्षत्रीको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनुपर्र्ने बताए ।

समाजका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले समाजमार्फत नेपालमा गरिएको कार्यक्रमको जानकारी गराउँदै अन्तर्राष्ट्रियस्तरमा शाखाले सहभागिता र महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । श्रमजीवी नेपालीको समस्या के छ, नेपाल सरकारले के गर्नुपर्छ त्यसलाई केन्द्रीय समितिमार्फत पहल गरिने उनले बताए । क्षत्री समाजलाई विश्वभर विस्तार गर्ने योजना अनुसार आगामी ११ तारिखमा जापानमा तदर्थ समिति गठन हुने रहेकोसमेत बताए ।

कार्यक्रममा कतार शाखाका अध्यक्ष श्यामकुमार डागीलाई शाखा मान्यता लोगोसहितको ब्याज वितरण कार्यक्रम निर्देशिका र संस्थापक उपाध्यक्ष हंशराज ढकाल क्षत्रीलाई कतारसहित दुबई, स्पेन, बेल्जियम, बेलायतको अन्तर्राष्ट्रिय इन्चार्ज, जिम्मेवारी पत्रसहित कार्यक्रम निर्देशिका वितरण गरियो ।

कतार शाखा अध्यक्ष श्यामकुमार डागीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक उपाध्यक्ष हंशराज ढकालले कतार समाजले १४ वर्षदेखि विविध सामाजिक र मानवीय कार्यहरु गर्दै आएको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली राष्ट्रिय परिषद्का प्रथम उपाध्यक्ष कृष्ण पन्थी, नेपाल पत्रकार महासंघ कतार उपाध्यक्ष अर्जुन पौडेल, कतार एकता समाजका प्रतिनिधि कमल आचार्य, गण्डकी प्रदेश समन्वय परिषद् कतार अध्यक्ष सागर पौडेल, जनप्रगतिशील मञ्च कतार अध्यक्ष राज देवकोटा, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष चानक पोख्रेल, अन्तर्राष्ट्रिय रक्तदाता समूहका सचिव कल्याण थापा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अध्यक्ष शिवराम ढकाल, नेपाली महिला समाजको अध्यक्ष लोकमाया केसी, आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष डिएन मगर, अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव ध्रव क्षत्री तथा प्रवासी नेपाली एकता मञ्चका प्रमुख सल्लाहकार गणेश ढकाल लगायतले बोलेका थिए ।

समाजको दोस्रो संशोधित विधान संयोजक आरसी पन्थ, पूर्व अध्यक्ष रेशम बस्नेत, संरक्षकहरु सागर नेपाल, नरेन्द्र भाट, चूडामणि कार्की, सचिव शिवलाल केसीलगायतले समाजको बारेमा जानकारी गराए । सो अवसरमा समाजका केन्द्रीय अध्यक्ष रिवबहादुर थापा र महासचिव कृष्णबहादुर थापालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा कलाकारले राष्ट्रियता झल्किने गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width