चौवीसै घण्टा बन्द रहने ल्याब जाने गेट
गण्डकी प्रदेशको मात्रहोइन नेपालकै सबैभन्दा ठूलो भौतिक पूर्वाधार सम्पन्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सर्वसाधारणजनताको स्वास्थ्यको संरक्षण गर्नु पर्नेमा अस्पतालबाट निस्कने फोहोरमैला अस्पतालको पश्चिममा रहेको प्रयोगशालाको पश्चिम पट्टि थुपार्ने गरिएको छ।
चैवीसै घण्टाबन्द रहने शव निकाल्ने गेट
धार्मिक क्षेत्र गीतामन्दिर, शिवमन्दिर र सिद्धाश्रम शक्तिकेन्द्रको पूर्वपट्टि अस्पतालबाट निस्कने जनस्वास्थ्यका लागि अत्यन्त खतरनाक त्यस्तो फोहोर फाल्ने र त्यही फोहोर डढाउन आगो लगाउँदा त्यसबाट निस्केको धुवाँले आसपासका सर्व साधारणजनतालई. सास फेर्न कठिन भइरहेको धेरै समय भएको छ। यस्तो घृणित कार्य नगर्न अस्पताल प्रशासनलाई बारम्बार मौखिक तथा लिखित रूपमा अनुरोध गर्दा पनि अटेर गरी निरन्तर यो दूषितकार्यलाई निरन्तरता दिइरहेको छ। यसका अतिरिक्त पश्चिमबाट सर्वसाधारण जनता अस्पताल प्रवेश गर्न दक्षिणतर्फ राखिएको गेट र पश्चिमपट्टिको अस्पतालमा मृत्यु भएका व्यक्तिहरुको लाश सद्गतिको लागि सेती गण्डकीमा लान राखिएको गेट पनि नखोली दक्षिणतर्फकै मूलद्वारबाट बजारको मूलबाटो शव लैजाने गर्नाले पनि बजार क्षेत्रमा आवत जावत गर्ने व्यक्तिहरुलाई आसपासका बालबालिका समेतलाई अत्यन्त असुविधा भइरहेको छ।
स्वास्थ्य संस्थाको काम जनताको स्वास्थ्यमा ख्याल राख्नु पर्ने हो। तर अस्पताल प्रशासनले जनतालाई सुविधादिनु पर्नेमा जनतालाई गैह्र कानूनी क्रियाकलाप अपनाइ दुःख दिई जनस्वास्थ्यमा खेलवाड गरिरहेको जनगुनासो व्यापकरुपमा प्रतिध्वनित भएको छ।
फोहोर मैलाको उचित व्यवस्थापन गर्नका लागि प्रयोगशाला अगाडिको वर्षौ देखि ताला लगाएर राखेको र लाश निकाल्ने प्रयोजनका लागि पश्चिम पट्टिको साँचो लगाएर राखेको गेट पनि खुला गरी सोही गेटबाट लाश घाटमा लाने व्यवस्था गर्ने प्रस्ताव लिएर हामी तपसिलका व्यक्तिहरुले अस्पताल प्रशासनसँग मौखिक र लिखित अनुरोध गर्दा पनि उपेक्षा गरिएको हुनाले सञ्चार माध्यमबाट पुनः अनुरोध गरिएको हो।
यो अनुरोधलाई स्वीकार गरी फोहोर फाल्ने कार्य बन्द गर्नुका साथै बन्द गरिएका दुई गेटहरु पनि खुला गर्नु र गराउनु हुन सुसूचित गरिन्छ। अन्यथा वैकल्पिक उपाय अपनाई आवागमन सुलभ गराइने व्यहोरा जानकारीका लागि अनुरोध छ।
Related News
सम्बन्धित समाचार
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९