वातावरण संरक्षणका लागि सरोकारवाला सबैले चासो दिनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्। ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मूलनाराका साथ डिभिवन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा वुधवार तानसेनमा आयोजित ४६ औं विश्व वातावरण दिवस समारोहका वक्ताले वर्तमान समयमा मानिस सुविधाभोगी र विलासी साधनको प्रचूर प्रयोग गर्ने कारण वातावरणमा समस्या सिर्जना हुँदै गएको जनाए।
‘देशका मुख्य शहरको वातावरण बिग्रदो देखिन्छ। ’ प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने, ‘वातावरण संरक्षणमा हामी सबैले चासो दिनु आवश्यक छ। ’ उनले ‘एक व्यक्ति, एक बिरुवा रोप्ने अभियान’ लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी यादवले सरसफाइका सूचक महत्वपूर्ण हुने भएकाले स्थानीय निकायको समन्वयमा वायुको गुणस्तरमापनको कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको जनाए। कार्यक्रममा डिभिजन वन प्रमुख मोहन पौडेलले फोहरको व्यवस्थापन र हरियाली गाउँशहरको सिर्जना गर्न सकेमा वातावरण संरक्षणमा सहयोग पुग्ने बताए। उनले वातावरण संरक्षणको अभियान व्यक्तिवाटै शुरु हुन सकेमा परिवार, समाज हुँदै राष्ट्रले सिको गर्ने जनाए। पौडेलले कार्यपत्रमार्फत वातावरणको महत्वमा प्रकाश पार्दै वातावरण प्रतिकुलताको न्यूनिकरणताको लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
जिल्ला समन्वय समिति अध्यक्ष दयाराज बस्यालले वातावरण संरक्षण हामी सवैको दायित्व भएकोले हामीले आफ्नो कत्र्तव्य भुल्न नहुने बताए। ‘वातावरण सुधारका लागि सबैको भूमिका रहन्छ, ’ उनले भने, ‘जलवायु परिवर्तन र बढ्दो तापक्रम बिग्रदो वातावरणको संकेत भएकाले यसलाई निवारण गर्न सवैको उत्तीकै दायित्व रहन्छ। ’ राप्रपा पाल्पाका रेवन्तबहादुर विष्ट, नेपाली काँग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरे, नेकपाका धनेन्द्रराज घिमिरेले प्राकृतिक नियम उल्लंघन गर्ने क्रम न्यूनीकरण गर्दै वातावरणको सन्तुलन कायम गर्न अग्रसर हुनुपर्नेमा जोड दिए। कार्यक्रम डिभिजन वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरलको सञ्चालनमा चलेको थियो।
यसैबीच, विश्व वातावरण दिवस अवसरमा डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयले संयुक्त रुपमा आयोजना गरेको अन्तरमाविस्तरीय निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई पुरस्कृत गरेको थियो। प्रतियोगितामा जनता माविकी दीप्ती गैरे प्रथम, प्रशान्ति चिल्ड्रेन एकेडेमीकी रीया थापा द्वितीय र प्यारागन बोर्डिङ स्कूलकी सञ्जीवनी दर्लामी तृतीय भएका थिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
नियुक्ति बदरमा अन्तरिम आदेश यथावत्
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९