काठमाडौं, २१ जेठ । जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाउन सोमबार आयोजित नेकपा अध्यक्षद्वयवीचे छलफल भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको छलफलले ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम मोटामोटी टुंगो लगाएको छ । जिल्ला इञ्चार्ज र सह–इञ्चार्ज दुबैमा केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट हुनेछ ।
दुई अध्यक्षले तयार पारेको सूचीमाथि थप छलफलका लागि मंगलबार बिहान साढे ७ बजे माधव नेपाललाई बालुवाटारमा बोलाइएको स्रोतले बतायो ।
मंगलबार बिहान तीन शीर्ष नेतावीच छलफल हुने र अपरान्ह ३ बजेपछि नेकपाको सचिवालय बैठक बस्ने बताइएको छ । सचिवालय बैठकले ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्जहरुको नाम अनुमोदन गर्ने छ ।
जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाममा अध्यक्षवीच मोटामोटी सहमति जुटे पनि केन्द्रीय विभागहरुका विषयमा भने छलफल बाँकी रहेको बालुवाटार स्रोतले बतायो ।
पछिल्लो समयमा विभाग र जिल्ला इञ्चार्जहरुको टुंगो लगाउनका लागि बोलाइएको सचिवालय बैठक दुईपटक सरिसकेको छ । शनिबार बोलाइएको बैठक सोमबारलाई सारिएको थियो । सोमबारको बैठक मंगलबार अपरान्ह सारिएको छ ।
अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच आन्तरिक गृहकार्य नसकिएकाले बैठक मंगलबारसम्म सरेको हो । दुई अध्यक्षले आइतबार पनि बालुवाटारमा आपसी छलफल गरेका थिए ।
Related News
सम्बन्धित समाचार
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
हिन्दु राष्ट्र पुनस्र्थापना आवश्यक : लिङ्देन
कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि
अन्नपूर्णमा एमाले प्रशिक्षण
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९