वालिङमा आगामी साता बैंकिङ/बीमा एक्स्पो हुने भएको छ। वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत जेठ २४ र २५ गते एक्स्पो हुने सोमबार वालिङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
मिडिया इन्टरनेशनलको आयोजनामा हुने एक्स्पोमा नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिको सहकार्य तथा वालिङ उद्योग वाणिज्य संघको साझेदारीमा एक्स्पोको आयोजना गरिने भएको हो।
ग्रामीण अर्थतन्त्रको विकास एवं लघुउद्यमशीलतालाई समेत प्रभावकारी बनाउने राष्ट्र बैंकको योजना अनुसार ‘सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत गर्ने र सबै नेपालीको बैंक खाता’ कार्यक्रमलाई सार्थकता दिने वित्तीय जागरणको मुख्य उद्देश्य रहेको वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निदोर्षले बताए। एक्स्पोमा वित्तीय व्यक्तिहरुसँग उद्यमशीलता, बैंकिङ बीमा लगायत विषयमा अन्तरक्रिया हुनेछ। एक्स्पोको नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उद्घाटन गर्ने कार्यक्रम छ। वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले अब हरेक मानिस उद्यमशिलतासँग जोडिनु आवश्यक रहेको बताए। “जबसम्म पैसालाई पुँजीमा रुपान्तरण गर्न सकिँदैन, तबसम्म आर्थिक विकासले गति लिँदैन, ’ नगर प्रमुख खाँणको भनाइ थियो।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले यस्ता विभिन्न वित्तीय जागरण कार्यक्रमले सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न सजिलो हुने भएकाले र वालिङले समृद्धि हासिल गर्ने बताए। कार्यक्रममा वित्तीय जागरण राष्ट्रिय अभियान संयोजक माधव निदोर्षले कार्यक्रमबारेमा प्रकाश पारेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०