भैरव सांस्कृतिक संरक्षण समितिद्वारा संचालित सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार–२०७५ सँस्कृतिविद् प्राडा जगमान गुरुङलाई अर्पण गरिएको छ।
नेपाली सँस्कृति विकासको लागि अनुसन्धान माध्यमबाट दिएको योगदानको कदर गर्दै उनलाई सोमवार सो पुरस्कार अर्पण गरिएको हो।
प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्राडा गुरुङलाई दोसल्ला ओढाउँदै नगद १ लाख १ रुपैयाँ र सम्मानपत्र प्रदान गरे। सो पुरस्कार हरेक ३ वर्षमा प्रदान गरिन्छ।
प्रदेश प्रमुख कुँवरले प्राडा जगमान धर्म र सँस्कृतिमा ठूलो उचाइ लिएको व्यक्ति भएको भन्दै प्रशंसा गरे। ‘डा जगमानले व्यक्तिवादी र जातिवादी सोत राख्नुभएन। गुरुङ परिवारमा जन्मे पनि देशलाई आपत् पर्दा आफ्नो आवाजबाट शान्ति स्थापना गर्न सघाउनुभयो, ’ प्रदेश प्रमुख कुँवरले भने, ‘प्रदेशकै नामकरणका बेला विवाद भएको थियो। त्यतिबेला डा गुरुङको समन्वयकारी भूमिका रह्यो। त्यसले विवाद सुल्झाउन ठूलो महत्व राख्यो। ’
प्रदेश प्रमुख कुँवरले मातृभूमिको लागि छलकपट नगरी काम जसले गर्छ त्यही देशको सच्चा सुपत्रसुपुत्री हुने सुनाए। ‘ठूला ओहदामा र कुर्सीमा बस्दैमा, ठूलाठूला डिग्री हासिल गदैर्मा ठूलो बंगलामा बस्दैमा र ठूलो गाडी हुँदैमा मानिस ठूलो हुँदैन। मानिसलाई ठूलो आसन र भाषणले होइन कर्मले बनाउँछ’ उनले भने, ‘डा जगमान पनि त्यस्तै कर्मले ठूलो मान्छे हो। ’ प्रमुख कुँवरले भैरव नृत्यको ठूलो महिमा र सँस्कृति भएकाले विस्तारै लोप हुँदै गएको यो नृत्यको संरक्षण गर्न जरुरी रहेको बताए।
पुरस्कृत व्यक्ति प्राडा गुरुङले पछिल्लो सयम सँस्कृति सम्बन्धित पुरस्कार लगालग आफूले पाइरहेको भन्दै सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार पाउँदा सपनाजस्तो लागेको बताए। उनले सर्वज्ञमान परिवारसँग नेवारी सँस्कृति बुझ्दा नजिकको सम्बन्ध रहेको बताए।
प्रतिभा छनौट समिति संयोजक तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसमा गुरुङलाई पुरस्कृत गरिएको हो।
छनौट समिति संयोजक श्रेष्ठ, गायिका तथा प्राज्ञ हरिदेवी कोइराला, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन लगायतले पुरस्कृत प्राडा गुरुङलाई शुभकामना दिएका थिए।
भैरव सांस्कृतिक परिवारका पूर्व प्रमुख सल्लाहकार तथा गुरु स्वर्गीय सर्वज्ञमान प्रधानाङ्ग तथा उनकी धर्मपत्नी विष्णुदेवीको नाममा परिवारजनबाट यो पुरस्कार स्थापना गरिएको हो।
२०५५ सालमा १ लाख ५ हजारको अक्षयकोषसहित स्थापित यो पुरस्कार पहिले क्षेत्रीयस्तर रहेकोमा पछि राष्ट्रियस्तरको बनाइएको हो। पुरस्कृत व्यक्ति प्राडा गुरुङ २००३ सालमा कास्की याङ्जाकोटमा जन्मिएका हुन्। उनी हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति छन्। उनले गुरुङ जाति तथा सँस्कृति, नेपाल एकीकरणमा गुरुङहरुको भूमिका, ब्लो(मुस्ताङ) को सांस्कृतिक सम्पदा, नेपालको राष्ट्रिय समीकरणको परिपेक्षमा गण्डकीप्रस्रवण क्षेत्रका तीर्थस्थलहरुको विश्लेषणात्मक अध्ययन, गण्डकीप्रस्रवण क्षेत्रको सांस्कृतिक सम्पदा, तमुवानको ऐतिहासिक वृत्तान्तजस्ता कृतिहरु लेखेका छन्। उनी अहिले पनि सँस्कृतिको अनुसन्धानात्मक कार्यमा निरन्तर खटिएका छन्।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९