पोखरा–२९ भण्डारढिक स्थित गौरीशंकर बहुउद्देश्यीय नवनिर्मित सामुदायिक भवनको शनिबार उद्घाटन गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आमा समुहहरु र स्थानियवासीको सक्रियतामा भवन निर्माण गरिएकोमा प्रशंसा गर्दै यसको संरक्षण गरि हेर्न लायक बनाउन निरन्तर लागिरहन आग्रह गरे।
प्रमुख जिसिले सामुदायिक भवनलाई सामाजिक कार्य र वृद्धवृद्धा एवं युवा वर्गका लागि उपयुक्त थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिए। भवनको स्तरोन्नति एवं अन्य पुर्वाधारहरु खडा गर्ने सवालमा महानगरले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा वडा नं. २९ का अध्यक्ष चेत बहादुर गुरुङले वडाको तर्फबाट भवनको संरक्षणका लागि आफ्नो कार्यकालभित्रै जुनसुकै हालतमा पनि कम्पाउण्ड वाल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। यस्तै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले महिला दीदिबहिनीहरुले उदाहरणीय कार्य गरेको वताउँदै सामाजिक रुपान्तरणको लागि अगाडी वढ्न आग्रह गरे।
कार्यक्रममा शिवेश्वर सनातन धर्म सेवा समितिका अध्यक्ष देवमणि भण्डारी र महिला समुहको तर्फबाट ज्योति वस्नेत लगायतले बोलेका थिए। समारोहमा सचिवको प्रतिवेदन निर्माण समितिकी सचिव मञ्जु पौडेल, ताओ एशोसियसन नेपालका प्रमुख छिएन रन र कोषाध्यक्षको प्रतिवेदन गोमा देवी आचार्यले प्रस्तुत गरेकी थिईन। भवन निर्माण समितिका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिवमणि भण्डारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०