पोखरा, २० जेठ । पोखरा–२ विन्ध्यवासिनी निवासी आमा गौरा पराजुली (मुखिनी आमा)को स्मृतिमा पोखरा–८, न्यूरोड निवासी छोरी लक्ष्मी अधिकारी ‘राधे’ द्वारा पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रममा एक लाख एक हजार एक सय एक रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।
वेद विद्याश्रममा आयोजित अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै दाता लक्ष्मी अधिकारीले आफ्नी आमाले वेद विद्याश्रम स्थापना कालदेखि नै साथ, सहयोग गर्दै आएको स्मरण गर्दै वैदिक वटुकलाई आर्जित व्याजद्वारा भोजनमा सहयोग पुगोस् भन्ने हेतुले आमाको पुण्य तिथिको दिनमा आँफूले अक्षयकोष स्थापना गरेको बताइन।
वेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वेद विद्याश्रमको गतिविधि वारे प्रकाश पार्दै अक्षयकोष दाता लक्ष्मी अधिकारी वेद विद्याश्रमको प्रावधान अनुसार मानार्थ आजीवन संरक्षक भएको उद्घोष गर्दै सम्मान गरे ।
विद्यार्थी वटुकद्वारा वैदिक स्वतिबाचन, पुरुसूक्त, रुद्रसूक्त पाठ गरी दातालाई सम्मान गरेका थिए । अक्षयकोष रकम वेद विद्याश्रमका ९६ वर्षीय प्रमुख संरक्षक अग्निहोत्री वेदगुरु केदारनाथ उपाध्यायले दान लिँदै दाता लक्ष्मी÷बद्रीनाथ अधिकारी ‘राधे’ लाई आशिर्वाद दिँदै वैदिक धर्मसंस्कृति संरक्षणमा सबै जना लाग्न आÞवान गरे ।
विद्याश्रममा अक्षयकोष दाता परिवारको जन्म तिथिमा जन्मोत्सव तथा पितृको पुण्य तिथिको दिनमा पितृसूक्त पाठ गरी स्मृति दिवस मनाउने प्रावधान रहेको छ । हाल कक्षा ६ देखि १२ सम्म पूर्व झापादेखि पश्चिम कालिकोटसम्मका विद्यार्थी अध्ययनरत रहेका छन् ।
Related News
सम्बन्धित समाचार
गोरखा गठबन्धनमा गन्जागोल
सूचनाको हकसम्बन्धी विधेयक पारित
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
प्रदेश खेलकुद परिषद्को भवन उद्घाटन
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९