नेपाली लेखक संघ कास्कीको आयोजनामा राजनीतिज्ञ नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि शनिबार पोखरामा परिचर्चा गरिएको छ।
कार्यक्रममा बोल्दै पुस्तकका लेखक नरहरि आचार्यले गणतन्त्र स्थापनाका क्रममा आफूले भोगेका राजनीतिक, पारिवारिक, साहित्यिक एवम् विविध सन्दर्भलाई यस पुस्तकमा समेटिएको बताए।
आफूले विशेष जोड दिएको निरन्तर प्रत्यक्ष कार्यकारीको सन्दर्भ कम्युनिस्टले आफ्नो निजी सम्पत्ति मानेकामा उनीहरूको दुई तिहाइको सरकार रहेका बेलामा प्रत्यक्ष कार्यकारीको व्यवस्था लागु गर्न सक्ने सामर्थ्य भए नभएको परीक्षण हुने बताए।
तीन वर्ष स्वास्थ्यका कारणले पर्दापछाडि रहेको र यस पुस्तकमार्फत आफू पुनः जनतामाझ साक्षात्कार गर्न आएको बताउँदै आचार्यले सो पुस्तक केबल बन्दी बन्दाको समयको डायरी मात्र नभएर एक दशक लामो समय चलेको गणतन्त्र स्थापनाको रस्साकस्सी र विचार मन्थनको दस्ताबेज भएको उल्लेख गरे।
कार्यक्रमका प्रमुख वक्ता धनराज गुरुङले विचारलाई कुनैपनि शक्तिले कहिल्यै बन्दी बनाउन नसकेको दृष्टान्तका रूपमा पुस्तक इतिहासको वैचारिक दस्ताबेज बनेर उभिएको उल्लेख गरे।
लोकतन्त्र हरेक दृष्टिले वैज्ञानिक नाम भएको उल्लेख गर्दै लोकतन्त्रले प्रजातन्त्रलाई विस्थापित गर्दै गणतन्त्रसम्मको यात्राका क्रममा नरहरि आचार्यको विशेष योगदान रहेको बताए।
कुनै बाह्य शक्तिको निर्देशनमा राजनीतिक दलको नेतृत्व चलिरहने हो भने राजनीतिक दलको अस्तित्व लामो समय कायम नरहने कुरा व्यक्त गरे। २०५२ मा लोकतन्त्र शब्द प्रयोग गर्ने, २०५४ मा संविधान संशोधनको माग राख्ने काम काँग्रेसका नरहरि आचार्यले गर्ने अनि काँग्रेसलाई गणतन्त्रमा लत्रेर आएको भन्नु हास्यास्पद रहेको सन्दर्भ प्रस्तुत गरे।
पुस्तकमा समाविष्ट गरीबीका सन्दर्भले राजनीतिकर्मीलाई जनतामा समर्पित राजनीति गर्न प्रेरित गर्ने जनाए। वर्तमान सरकारका एक–एक कमजोरीलाई काँग्रेस टुलुटुलु हेरेर मुकदर्शक बनेर बस्नु नेपालको राजनीतिक विकासका लागि दुर्भाग्यपूर्ण रहेको भन्दै दुःख व्यक्त गरे।
पुस्तकमाथि समीक्षकीय टिप्पणी प्रस्तुत गर्दै किशोरदत्त बरालले पुस्तकमा जेलजीवनका भोगाइ, कठिनाई र जेलजीवनमा बन्दीबीचको आत्मीयताका सन्दर्भहरू राजनीतिकर्मीका लागि राम्रो शिक्षा हुने बताए। काँग्रेसमा आन्दोलनताका रहेको आत्मीयता हराउँदा गणतन्त्र संकटमा पर्दै गएको सन्दर्भ पुस्तकले उठाएको बताउँदै पुस्तक समग्रमा सिद्धान्तकेन्द्रित राजनीतिमा लाग्नका लागि उपयोगी रहेको बताए।
कार्यक्रमकी अर्की टिप्पणीकार बिन्दु पौडेलले पुस्तकले नेपालको राजनीतिको एउटा कालखण्डलाई निकै तथ्यपरक प्रस्तुतिका साथ उठाएको बताइन्। नारीहरूको गणतान्त्रिक आन्दोलनमा विशेष योगदान रहेका कुराहरूले महत्व पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै नारीहरूको योगदानबाट नै गणतन्त्र स्थापनामा बल पुगेको बताइन्।
कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ र नेपाली लेखक संघका केन्द्रीय उपाध्यक्ष प्रा.डा कुसुमाकर न्यौपानेले गणतान्त्रिक नेपालको यात्रामा संवैधानिक राजतन्त्र मान्ने काँग्रेसबाटै गणतन्त्रको मागलाई बुलन्द पार्दै निष्कर्षमा पुर्याउन खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे।
उक्त कार्यक्रममा प्राध्यापक र सहप्राध्यापकमा पदोन्नति भएका लेखक संघका पूर्व पदाधिकारी एवम् सदस्यहरू प्रा.डा नरहरि आचार्य, सह प्राध्यापक डा भानु शर्मा कँडेल र होमनाथ पौडेललाई सम्मान गरिएको थियो। संघका अध्यक्ष गणेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष रीतादेवी कँडेलको स्वागत र सचिव सञ्जीव पौडेलको सञ्चालन रहेको थियो।
Related News
सम्बन्धित समाचार
गीतकार विनोद गौचनको जन्मजयन्ती
साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन
आमा २ पुस्तक विमोचन
लेखनाथ कविता प्रतियोगितामा दीपिन पहिलो
नेपाली नाटकको अस्तित्व खोजी
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०