काठमाडौँ,१९ जेठ । काठमाडौँ थापाथली स्थित द ब्रिटिश कलेजले आयोजना गरेको एकदिने रोजगार मेला सम्पन्न भएको छ । कलेजमा अध्ययनरत तथा कलेजबाट अध्ययन सकाएका विद्यार्थीको लागि आयोजना गरिएको मेलामा १५ रोजगारदाता कम्पनीहरू सहभागी थिए ।
मेलाले विद्यार्थीलाई व्यवसायीक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परीक्षण गर्न सघाउ र्पुयाएको कलेजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सिर्जनशीलता र अन्वेषणको संस्कृतिलाई मलजल गर्दै विकास र समृद्धिको युगमा विद्यार्थीमा व्यवसायिकताको विकास गर्नु रोजगार मेलाको उद्देश्य रहेको जनाइएको छ ।
यस्ता इभेन्टहरूको आयोजनाले रोजगारदाता कम्पनी र विद्यार्थीहरूबीचको दूरी घटाउने कार्यक्रम संयोजक विक्रम थापाले बताए । त्यस्तै कलेजका प्रिन्सिपल जोय फोस्टर एलिसले यस्ता कार्यक्रमहरूको विद्यार्थीहरूमा सकारत्मक उर्जा प्रदान गर्ने विश्वास प्रकट गरे ।
त्यस्तै मेरोजब डटकमका प्रबन्ध निर्देशक शैलेन्द्र गिरीले बेरोजगारीको समस्या समाधानको लागि रोजगारदाता कम्पनी र विद्यार्थीबीच सहजीकरण गर्नु आफुहरूको उद्देश्य रहेको जानकारी दिए । रोजगारदाता कम्पनीले सधैँ उर्जावान र सिर्जनशील जनशक्तिको खोजी गर्ने उनको भनाई थियो ।
कलेजले गत हप्ता मात्रै विद्यार्थीहरूको लागि बायोडाटा र आवेदनपत्र लेखन कार्यशाला समेत चलाएको थियो । मेरोजब डटकमसँगको सहकार्यमा चलाइएको उक्त कार्यशालामा विद्यार्थीलाई सिर्जनात्मक सोचका साथ अन्तर्वार्ताको सामना गर्न र सञ्चारसीपको विकास गर्न समेत सिकाइएको थियो ।
सोही कार्यशालाकै निरन्तरता स्वरूप रोजगार मेलाको आयोजना गरिएको हो । मेलामा ब्रेनडिजिट, क्लाउड फ्याक्ट्री, प्रिमियिर इन्सुरेन्स, क्लासिक टेक, आईएमएस ग्रुप, आइटोनिक्स नेपाल, सिप्रदी ट्रेडिङ, भेरिस्क नेपाल, पेप्सी, चौधरी ग्रुप लगायतका रोजगारदाता कम्पनीहरू सहभागि थिए ।
Related News
सम्बन्धित समाचार
शिवशिखर र इमेज सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपूत
लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
फल इन लभ नै किन ?
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०