पोखरा। रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा चित्रकलासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ।
राइट फर चिल्ड्रेनद्वारा भएको प्रशिक्षणमा विद्यार्थीलाई युवा कलाकार रवीन परियारले प्रशिक्षण दिएका हुन्। आयल पेस्टल कलरको प्रयोग गरी विद्यार्थीलाई विभिन्न सिनेरीसम्बन्धी कला सिकाइएको थियो। छनोट भएका १६ जना विद्यार्थीलाई सो प्रशिक्षणमा सहभागी गराइएको थियो।
सो अवसरमा राइट फर चिल्ड्रेनकी फोकल पर्सन केशु भुजेलले बाल अधिकारसम्बन्धी अभिमुखीकरण गरेकी थिइन्। विद्यालयले नियमित रूपमा चित्रकला कक्षा सञ्चालन गर्ने विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले जानकारी दिए।
प्रशिक्षणमा विद्यालयका चित्रकला फोकलपर्सन ऋषिराम ओझा राइट फर चिल्ड्रेनको सहयोगमा विद्यालयमा बालबालिकासँग सम्बन्धित विभिन्न तालिम, नाटकलगायत कार्यक्रम गरिने उनले जनाए। यसअघि विद्यालयमा क्रियाशील शिवालय बाल क्लबले नियमित रूपमा भित्ते पत्रिका प्रकाशन गर्दै आएको छ। प्रशिक्षण २ दिनसम्म चलेको थियो।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०