पाल्पा, १५ जेठ । ऐतिहासिक पाल्पा दरवार संग्रहालय ११ औ गणतन्त्र दिवसको अवसर पारेर बुधवारदेखि औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
माओवादी जनयुद्धका बेला वि.सं.२०६२ माघ १८ गते ध्वस्त पारिएपछि दरबार पुनः निर्माण गरी संग्रहालयको रुपमा विकास भएको हो । ५ नं प्रदेश सभा सदस्य तुलाराम घर्तीले पुनः निर्माण गरिएको पाल्पा दरबार संग्रहालयको शुभारम्भ गरेका हुन् ।
तीन तहको सरकार संघ, प्रदेश र स्थानीय तहको सहकार्यका पुनः निर्माण गरिएको संग्रहालय पाल्पाको मात्र नभई सिङ्गो नेपालको गहना हो ।सांसद घर्तीले संग्रहालय शुभारम्भ गर्दै संग्रहालयमा प्रदेशस्तरका धर्म, संस्कृति र सम्प्रदायका सामाग्रीहरु समावेश गरिनुको साथै पाल्पालाई बुद्ध सर्किटका रुपमा पार्न प्रदेश सरकार लाग्ने बताए ।
संस्कृतिकर्मी एवम् बुद्धिजीवी निर्मल श्रेष्ठले संग्रहालय हाम्रो राष्ट्रियतासँग जोडिएको छ।’ उनले भने, ‘राष्ट्रियता हाम्रो दौरा सुरुवाल मात्र नभएर संस्कार र संस्कृति पनि हो । त्यसकारण यसतर्फ पनि ध्यान दिनु आवश्यक छ ।’ कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले सशुल्क सहित सञ्चालनमा ल्याइएको संग्रहालयको आफ्नै गरिमा भएकोले यसले प्रदेशको प्रतिष्ठा बढाउनुका साथै राजश्व संकलनमा समेत सहयोग पुग्ने बताए ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठक, पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले दरवार संग्रहालय सिंगो नेपालको संस्कृतिको विम्वको रूपमा रहेकोले आवश्यक सौन्दर्यकरणमा सहकार्यका साथ अगाडि बढ्नुको विकल्प नभएको बताए ।
संग्रहालय प्रवेशको लागि विद्यार्थीलाई रु ५ रुपैया, स्वदेशी नागरिकको लागि रु १५ रुपैया, सार्क देशका नागरिकका लागि रु ५० र विदेशी नागरिकका लागि रु १०० कायम गरिएको छ । क्यामरा शुल्क नेपालीका लागि रु २५, सार्क राष्ट्रकालाई ५० र अन्य देशका लागि रु. १०० कायम गरिएको छ ।
भोजराज भट्टराई
Related News
सम्बन्धित समाचार
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
प्रतिबिम्बन कथासंग्रह लोकार्पण
शुक्ला साहित्यद्वारा ३ स्रष्टालाई पुरस्कार
कवि रीता अधिकारी ’ऋतु’ को सेल्फ पोट्रेट लोकार्पण
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९