महानगरका ३३ वडा केन्द्र जोड्न पहुँचमार्ग

१ अर्ब १६ करोड विनियोजन

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७६

गण्डकी प्रदेश सरकारसँग मिलेर महानगरले ९ वटा योजना

केन्द्रीय सरकारसँगको साझेदारीमा चार वटा योजना

सार्वजनिक निजी साझेदारसम्बन्धी विधि निर्माण गरी विभिन्न ५ योजना

पोखरा महानगरका सबै वडाको केन्द्रसम्म जोड्ने गरी २७ वटा पहुँचमार्ग निर्माण गरिने भएको छ । पहुँचमार्गलाई १ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी महानगरले १ अर्ब १६ करोड रुपैयाँ छुट्याएको छ ।

स्थानीय तहको निर्वाचन भई पोखरा महानगरपालिकामा जिम्मेवारी सम्हालेको २ वर्ष पूरा भएको अवसरमा मंगलबार प्रमुख जिसीले कार्यप्रगति एवं उपलब्धिबारे संचारकर्मीलाई पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

पहुँचमार्ग निर्माण गर्न टेण्डर प्रक्रिया समेत अगाडि बढेको प्रमुख जिसीले बताए । महानगरपालिकाभित्र ३३ वडा छन् ।

गण्डकी प्रदेश सरकारसँग मिलेर महानगरले ९ वटा योजनाको सम्झौता गरेको छ । नौ योजना सम्पन्न गर्न महानगरले १२ करोड ५६ लाख र प्रदेश सरकारले ४ करोड ६० लाख रुपैयाँको लागत साझेदारी भएको छ । नौ वटा योजनाअन्तर्गत सुइँखेत खोला नियन्त्रण, स्मार्ट शौचालय निर्माण, लेखनाथ साना सहरी खानेपानी आयोजना, आर्वा – मौजा कुलायन मार्ग, काँहुखोला – मौजाआटीघर सडक, जनचेतना चिलाउने खर्क बास्पानी तिलाहार शिवालय सडक, भलाम र्यालेचौर – बिसौना, मौजा – सिक्लेस सडक, संगम नगर – दुम्रीखेत सोती सडक, माछापुच्छ्रे प्रतिविम्ब पार्क निर्माण रहेको छ ।

केन्द्रीय सरकारसँगको साझेदारीमा चार वटा योजना महानगरले अगाडि सारेको छ । ती योजनामा महानगरले १५ करोड ६८ लाख र केन्द्रीय सरकारले ११ करोड ४५ लाख रुपैयाँ खर्च गर्ने छन् । ती चार योजनामा विजयपुर – कालिकास्थान हुँदै वेगनास सडक, बैदाम – पामेहुँदै घाँटीछिना सडक, घाँटीछिना – दमदमेहुँदै सिदाने सडक र मोहोरिया लामास्वाराहुँदै स्याङ्खुदी र आनन्दज्योति लप्सीडाँडा सडक छन् ।

प्रमुख जिसीले एक वडा एक खेल मैदानअन्तर्गत २१ स्थानमा पहिलो चरणमा खेल मैदानको निर्माण कार्य र पोखराका १५ स्थानमा सार्वजनिक शौचालय निर्माण शुरु गरिएको जानकारी दिए ।

पोखराको सृजनाचोकमा अत्यधुनिक आकाशेपुल निर्माण र पोखरा महानगरपालिकाको ७ स्थानमा पक्की मोटरेवल पुल निर्माण शुरु भएको जानकारी प्रमुख जिसीले दिए । महानगरले सार्वजनिक निजी साझेदारसम्बन्धी विधि निर्माण गरी विभिन्न ५ योजनामा सार्वजनिक निजी साझेदारी गर्न आशयपत्र माग गरी कार्य अगाडि बढेको जानकारी उनले दिएका छन् ।

सार्वजनिक निजी साझेदारीअन्तर्गत सराङ्कोट पूर्वाधार विकास, सोतीनदी खोँच साहसिक पर्यटन पूर्वाधार विकास, पाताले छाँगोमा सिसाको पुल निर्माण, वेगनास र फेवातालमा वाटर स्पोर्टस् संचालन, डिजिटल होडिङ बोर्ड व्यवस्थापन रहेको छ ।

पोखरा महानगरको वार्षिक बजेट आन्तरिक तथा वाह्य गरी ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रमुख जिसीले सहरी पूर्वाधारअन्तर्गत चालु आर्थिक वर्षमा सात वटा वडा कार्यालय भवन निर्माण, तीन वटा विद्यालय लगायत २४ वटा भवनको काम शुरु गरिएको छ ।

सराङ्कोटमा जग्गा व्यवस्थापन गरी राष्ट्रिय विभूति तथा शहीदपार्क निर्माणको काम अगाडि बढेको, सवोर्च्च अदालको फैसला अनुसार महानगरको जिम्मेवारीमा परेको फेवाताल जलाधार क्षेत्रको संरक्षणको काम शुरु गरी १५ दिने संरचना हटाउन शुरु गरिएको जानकारी उनले दिए ।

सडकको मध्यभागमा रहेका ८७ वटा पोल हटाउने कार्य, पालिखेचोकको सडकलाई फराकिलो पार्ने काम भएको छ, उनले भने, ‘गत २ वर्षमा उपभोक्ता समितिमार्फत ३९ किमी कच्ची र पक्की सडक २ सय २५ किमी निर्माण तथा रिसिलिङ भएको छ । ’ पूर्वाधार निर्माण कार्यमा चालु आर्थिक वर्षमा करिब २ अर्ब ४३ करोड लागतका एकसय ४७ वटा योजनाहरु टेण्डर गरी अगाडि बढाइएको जनकारी प्रमुख जिसीले दिए । ३३ वटै वडामा विद्युतीय हाजिरी लागू गरिएको छ ।

त्यस्तै, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङले नेपालको संविधान, २०७२ एवं स्थानीइ सरकार संचालन ऐन २०७४ ले निर्देश गरेबमोजिम ६ वटा नीति, ८ वटा ऐन, १२ नियमावली, १५ निर्देशि, १७ कार्यविधि गरी ८५ वटा कानून निर्माण गरी न्यायिक सेवा प्रदान गरेको बताइन् । न्यायिक समितिमा परेको २५ वटा उजुरीमध्ये ३ वटाको फैसला भइसकेको जानकारी उपप्रमुख गुरुङले दिइन् । महानगरवासीबाट परेका ठाडो उजुरीमध्ये २ सय २ उजुरीको फछ्यौट भई ५५ वटा उजुरी सुनुवाइक्रममा रहेको जानकारी गुरुङले दिइन् । महानगरले उपमेयरसँग महिला कार्यक्रम समेत संचालनमा ल्याएको छ ।

उक्त कार्यक्रममा सहभागी सञ्चारकर्मीले महानगरको ध्यान फेलाताल संरक्षण, ठेक्कापट्टामा कमिशनतन्त्र मौलाएको, कर्मचारीले नगरवासीलाई दिने सेवा प्रवाहमा कुनै ध्यान नदिएको, ट्राफिक व्यवस्थापन, सडक तथा नाला निर्माणमा ध्यान नदिएको, कृषियोग्य जमिनमा प्लटिङ कार्य बन्द नभएको, मापदण्डविपरीत घर तथा भवनहरु निर्माण भइरहेकोबारे प्रश्न राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width