बुटवल,१५ जेठ । गणतन्त्र दिवशका अवसरमा प्रदेश ५ को राजधानी बुटवलमा प्रभातफेरी तथा गणतन्त्र दिवस मनाइएको छ ।
बुटवलको राजमार्ग चौराहबाट सुरु भएको बाजागाजा झाँकी सहितको प्रभातफेरी विशेष समारोहस्थल बुटवल मण्डपमा पुगि समापन भएको थियो । प्रदेश ५ का बिभिन्न संस्कृति झल्कने ३१ वटा झाँकी प्रर्दशन गरिएको थियो । उत्कृष्ट झाँकीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट झाँकीलाई प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका थिए । गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले गणतन्त्र स्थापना गरिबी अशिक्षालाई निवारण गरी समृद्ध राष्ट बनाउन मात्र बाँकी रहेको बताएका छन् । उनले सरकार, राजनीतिक दल, संघ, संस्था र नागरिकहरु एकमत भई समृद्धिको कार्यमा लाग्नु अहिलेको आवश्यकता रहेको औल्याए ।
उनले प्रदेश सरकार स्थापना भएकोे एक वर्षमा जनताले प्रदेश सरकार खोज्ने अवस्थामा पु¥याएको र अव योजनाबद्ध बिकास गरी समृद्ध नेपाल बनाउने अभियानको सुरुवात भएको बताए । त्यही अनुसार काम गर्यौ, प्रदेशको आवधिक योजना पनि बनायौ , अव त्यही आवधिक योजनाका आधारमा समृद्ध प्रदेश बनाउने गरी काम गछौ र यो प्रदेश समृद्ध हुँदा अन्य प्रदेशले पनि सिक्ने छन् र नेपाल नै समृद्ध बन्ने छ ।
मुख्यमन्त्री पोखरेलले अहिले पनि बजेट खर्च गर्ने , आर्थिक बृद्धिदर बढाउने प्रदेशमा ५ नम्वर प्रदेश अन्य प्रदेशको तुलनामा अघि रहेको बताए । दुई अंकको आर्थिक बृद्धिदर पहिला हासिल गर्ने प्रदेश पनि यही नै हुने उनको दावी छ ।
समारोहमा बोल्दै बुटवल उपमहानगर पालिकाका प्रमुख शिवराज सुबेदीले नेपालको संघीयता नौलो र आफनै देशको मौलिकतामा आधारित भएकाले सबैले समृद्ध राष्ट बनाएर यसबाट लाभ लिनु पर्ने बताए ।
Related News
सम्बन्धित समाचार
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
हिन्दु राष्ट्र पुनस्र्थापना आवश्यक : लिङ्देन
कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि
अन्नपूर्णमा एमाले प्रशिक्षण
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९