पोखरा, ११ जेठ । टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५ को मिति नजिकिँदा नेपाल खेलकुद पत्रकार मञ्चले विहीवार खेलकुदकर्मीसँग छलफल गरेको छ ।
पोखरा रंगशालामा भएको छलफलमा विभिन्न खेलकुद संघका पदाधिकारी तथा सदस्यको सहभागिता थियो । सहभागीले स्पोर्ट्स अवार्डले खेल र खेलाडीको विकासमा सघाउ पु¥याएको भन्दै यसको निष्पक्षता र पारदर्शीताको खाँचो औल्याए । उनीहरुले अवार्ड कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न पार्न आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, भलिबल संघका अध्यक्ष भीम पराजुली, कास्की जिल्ला आर्चरी संघका योगेन्द्र शेरचन, कास्की जिल्ला टेवल टेनिस संघका अध्यक्ष उत्तम जोशी, बास्केटबल संघका जिल्ला अध्यक्ष ध्वजकुमार गुरुङ, क्रिकेट संघका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देल, नेपाल स्क्वायस ¥याकेट संघका पुष्प श्रेष्ठले सुझाव दिएका थिए ।
त्यस्तै, ह्याण्डबल संघ कास्कीका उपाध्यक्ष पुष्पा श्रेष्ठ, कास्की जिल्ला लनटेनिसका सचिव नवीन चालिसे, कास्की जिल्ला तेक्वान्दो संघका सदस्य सुनबहादुर लामा, बक्सिङ संघका अध्यक्ष बुद्ध गुमाजु, शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार थापा, भारोत्तोलन संघका राजन बड्गामी, क्युकोसियन कराँतेका उपाध्यक्ष दानबहादुर क्षेत्री, जुडोका रवि चौधरी, एथलेटिक्स संघका सचिव श्याम श्रेष्ठलगायतले विभिन्न सल्लाह सुझाव दिएका थिए ।
कार्यक्रममा मञ्च अध्यक्ष एकराज गिरी, मञ्चका पूर्व अध्यक्ष एवं सल्लाहकार विनोद लामिछाने, महासचिव विजय नेपाल, कोषाध्यक्ष शशीकुमार पौडेलले सल्लाह सुझावलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको संयोजन जिल्ला खेलकुद विकास समितिले गरेको हो ।
समृद्धिका लागि खेलकुद मूलमन्त्रका साथ पोखरा सभागृहमा जेठ २४ मा हुने चौथो संस्करणको स्पार्टस् अवार्डमा यसपालि ८ विधामा अवार्ड वितरण गरिनेछ । वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल र वर्ष खेलाडी महिलालाई विगो स्कूटरसहित अवार्ड प्रदान गर्नेछ । सोको प्रायोजन बतास ब्रदर्श प्रालिले गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९