गीताञ्जलीको साधना प्रभात

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६

पोखरा, ४ जेठ । गीताञ्जली साहित्य परिवारले आफ्नो १९८ औ साधना प्रभातको अवसरमा शनिवार साहित्यका एवम् कवि स्रष्टाहरुले बौद्ध दर्शन सम्बन्धी रचनाहरु वाचन गरे।

संस्थाका आजीवन संरक्षक साहित्यकार प्रभात नायक तारा पाखे, समीक्षक मदन भण्डारी, मुक्तककार शंकर ज्ञवाली, वेदान्त कवि रुद्रबहादुर थापामगर “हितानी”,ले रचना वाचन गरे। त्यस्तै प्रतिभा शर्मा, गंगाप्रसाद सुवेदी, दीपेन्द्र पहारी, विष्णुप्रसाद पराजुली, गोविन्दप्रसाद पराजुली, नारायणप्रसाद बराल, बाल कवि प्रिय दर्शन पहारी र सृजन ज्ञवाली पनि रचना वाचन गरेका थिए ।

सो अवसरमा धर्मराज पौडेल “अल्यायू” ,ढुण्डिराज ज्ञवाली, नरेन्द्र रानाभाट, भानुभक्त भण्डारी “क्षितिज”ले रचना वाचन गरेका थिए। बौद्ध दर्शन सम्बन्धी कविता,कथा ,गजल,गीत,भजन आदि रचना गरेर बौद्ध पूर्णिमा भव्य रुपले मनाए।

वाच्चित रचनाको समीक्षा समीक्षक मदन भण्डारीले गरी कार्यक्रमलाई रोचक बनाएका थिए। संस्थाका अध्यक्ष शिवप्रसाद गौतमको अध्यक्षता र साहित्यकार तारा पाखेको प्रमुख आथित्यतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष धर्मराज पौडेल “अल्पायू” र सञ्चालन सचिव भानुक्त भण्डारी “क्षितिज”ले गरेका थिए।
सरला त्रिपाठी भण्डारी

Related News

सम्बन्धित समाचार

  • मानक नेपाली भाषाबारे कार्यशाला

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा  । नेपाली विभाग, पृथ्वीनारायण क्याम्पसले शनिबार मानक नेपाली भाषाबारे छलफल आयोजना गर्दै छ । मानक नेपाली भाषाको प्रयोगः समस्या…
  • मानक नेपाली भाषाबारे कार्यशाला

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । नेपाली विभाग, पृथ्वीनारायण क्याम्पसले शनिबार मानक नेपाली भाषाबारे छलफल आयोजना गर्दै छ । मानक नेपाली भाषाको प्रयोगः समस्या…
  • दमौलीमा बृहत साहित्य सम्मेलन, ९ कवि पुरस्कृत

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    दमौली । तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङ्मय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन सुरु…
  • प्रतिभा उजागर गर्दै प्रतिष्ठान

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    हेमजा । हेमजा साहित्य प्रतिष्ठानले आफ्नो नियमित रचनावाचन कार्यक्रम शुभप्रभात काव्यमालाको २ सय ३७ औं कार्यक्रम सम्पन्न गरेको छ ।…
  • अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ सालदेखि अविच्छिन्न रुपमा सञ्चालन गर्दै आइरहेको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको १९९ औं…

hero news full width