सेवाग्राहीलाई सहजीकरण गर्दै पोखरा महानगरपालिकाको सहायता कक्षका कर्मचारी। तस्वीर : कृष्णप्रसाद बास्तोला/आदर्श समाज
‘महानगरपालिका त महा नै रहेछ। कोठा पनि कति धेरै, आफ्नो काम कहाँ हुन्छ पत्ता लगाउनै गाह्रो। फलानो कोठामा जा भन्छन्। वल्लो घर र पल्लो घर घुम्दा र तीन तला माथि तल गर्दा ठाउँ भेटिने हैन।
बल्लतल्ल कोठा फेला पर्यो फेरि कर्मचारी छैन। यताउता सोध्यो खै कुन्नि भन्छन्। कुरेर बसेको डेढ घण्टा भो, खाजा खान भनेर निस्केको रे, अझै आएनन्। उतैबाट घरतिर पो हिँडे कि? ’
‘पोखरा महानगरमा काम हुन्छ – हुँदैन बुझ्नमात्रै तीन दिन लाग्छ। देशकै ठूलो महानगर हो नि त यो। सुन्दैमा टाउको दुख्ने। ’
न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालयमा विगतमा सेवाग्राहीको यस्तै गुनासो सुनिँदै आएको थियो।
सेवाग्राहीको मर्का बुझेरै होला पछिल्लो समय महानगरपालिकाले कार्यालयको मूलगेटमै सहायता कक्ष शुरु गरेको छ।
‘राम्रो कामलाई साइत हेर्नुपर्दैन’ भन्ने उखान आत्मसात गर्दै महानगरपालिकाले यसै हप्ता उक्त कक्ष शुरु गरेको हो।
महानगरका प्रमुख कार्यकारी अधिकृत शेषनारायण पौडेल भन्छन्, ‘औपचारिकता अर्थात् उद्घाटन, भाषणभूषण केही गरिएन, बस काम शुरु भयो। ’
उनले सेवाग्राहीलाई सेवा लिन सहजहोस् भन्ने उद्देश्यले सहायता कक्ष राखिएको जानकारी दिए।
‘कर्मचारी बिदामा बसेको–नबसेको तथा कतै गएको भए आउने कि नआउने भन्नेसम्मको जानकारी पनि उक्त कक्षबाट प्राप्त हुन्छ, ’ पौडेलले भने, ‘सेवाग्राहीमा कुनै द्विविधा रहे पनि सुल्झाउने प्रयास गर्छौ। ’
उनका अनुसार सहायता कक्षमा अधिकृतस्तरको प्रमुखसहित दुई जना कर्मचारी कार्यरत छन्।
आप्रवासन श्रोत केन्द्र, वैदेशिक रोजगारको संयोजकसमेत रहेकी सहायता कक्षकी प्रमुख माया गुरुङले सो कक्षबाट कार्यालयबाट दिने सेवासुविधाबारे जानकारी गराउने, असहाय र विपन्न वर्गलाई निवेदन लेख्न सहयोग गर्ने, फाराम भरिदिने, सामाजिक कार्य गर्न फाइल बनाउने तथा सेवाग्राहीले चाहेको जानकारी दिने लगायत कामबारे सहयोग गरिने बताइन्।
अर्की कर्मचारी विमला श्रेष्ठ गुरुङले तत्कालका लागि कागज–कलम लगायत सामग्री पनि उपलब्ध गराइने जानकारी दिँदै भनिन्, ‘हामीले कक्षमा सेवाग्राहीलाई शुद्ध खानेपानीको व्यवस्था पनि गरेका छौं। ’
सहायता कक्षमै भेटिएका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद सूर्य खड्का ‘बिखर्ची’ ले भने, महानगरमा आफूले जान्ने भनेर नहुने रहेछ। अलमल परिँदो रहेछ। सहायता कक्षबाट सेवा प्रवाहबारे तत्काल जानकारी उपलब्ध भएपछि काम छिटो हुँदोरहेछ। ’
Related News
सम्बन्धित समाचार
शैक्षिक स्तरोन्नतिमा जोड
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
घर–घरमै वृद्ध भत्ता
पुतलीबजारमा हरित पुनरुत्थानबारे छलफल
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९