पोखरा, २८ वैशाख । प्रसिद्ध गीतकार शीतल गिरीको सालिक मुक्तक सञ्चयन शनिबार एक कार्यक्रमका बिच विमोचन भएको छ । मुक्तक मञ्च, पोखराले आयोजना गरेको एक कार्यक्रमका बिच सो कृतिको विमोचन सम्पन्न भएको हो ।
कृतिको विमोचन गर्दै साहित्यकार सरुभक्तले मुक्तक काव्यको लघुतम विधा भएकाले यसको लेखनकार्य उत्तिकै कठिन साधनाबाट मात्र सम्भव हुने बताए । मुक्तक लेखन निकै तीव्र गतिमा हुँदै गएको वर्तमान अवस्थामा यसको स्तरीयता र विधागत सचेतनामा समेत विशेष ध्यान दिनु पर्ने अवस्था आएको जनाउँदै उनले मुक्तककारहरूलाई यसतर्फ गम्भीर हुन आग्रह गरे ।
मुक्तक लेखन जति सजिलो र छिटो हुने ठानिन्छ, स्तरीय मुक्तक लेखन उत्तिकै कठिन छ भन्दै उनले समसामयिक विषयलाई धारिलो प्रक्षेपण गर्दै प्रस्तुत हुने मुक्तकको गरिमालाई लेखकहरूले कायम राख्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै सर्जक शीतल गिरीले मुक्तक विधासँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउँदै गीत, गजल र मुक्तकको लेखनका आफ्ना अनुभव र धारणाहरू राखेका थिए । आगामी दिनमा पनि साहित्य रचनामा निरन्तर लागिरहने बताउँदै उनले मुक्तक कृतिका बारेमा सुझाव सल्लाहको पर्खाइमा आफू रहिरहने जनाए । कार्यक्रममा बी.एन् पुस्तक संसारका प्रकाशक सूर्य बीसीले मन्तव्य व्यक्त गर्दै स्रष्टा र प्रकाशकका बिचमा निरन्तर सहकार्य आवश्यक रहेको र गुणस्तरीय कृति प्रकाशनमा ध्यान पुग्नुपर्ने कुरामा जोड दिए । सो क्रममा मुक्तककार गिरीको स्रष्टा परिचय प्रस्तुत गर्दै मन क्षेत्रीले गिरीको कलम फरक स्वाद लिएर आएको बताउँदै उनको सर्जक व्यक्तित्वका बारेमा संक्षिप्तमा जानकारी गराएका थिए ।
सोही अवसरमा मुक्तक मञ्च, पोखराको नियमित १३२ औँ शृङ्खलासमेत सम्पन्न भयो । त्यस क्रममा श्रीराम अधिकारी ‘गोर्जे’, राजीव रिमाल, अनिता दाहाल, रोशन तल्कोटे, लगायत दुई दर्जन मुक्तककारले मुक्तक वाचन गरेका थिए । मुक्तक मञ्च, पोखराका अध्यक्ष प्राञ्जलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन मञ्चका सचिव रामजी प्रसाद आचार्यले गरेका थिए भने स्वागत मन्तव्य भरत पौडेलले राखेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९