काबुल, २६ बैशाख । अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको छ ।
अफगानिस्तानका अवसरविहीन समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था काउन्टरपार्ट इन्टरनेसनलको कार्यालय बाहिर बुधबार कारबम बिस्फोट गराइएको थियो । यो संस्था मध्य काबुलका निकै व्यस्त व्यापारिक क्षेत्र नजिकै रहेको छ ।
गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले बम बिस्फोटबाट मृत्यु हुनेको संख्या ९ पुगेको जानकारी दिनुभयो । मारिनेमा पाँच जना अफगान सैनिक, काउन्टरपार्टका एक जना गार्ड तथा तीन सर्वसाधारण रहेका छन् ।
बिस्फोटबाट काउन्टरपार्ट नजिकै कार्यालय रहेको अर्को गैरसरकारी संस्था केएरमा कार्यरत एक जना सवारी चालक, एक जना पहरेदार र एक जना प्राविधिक सल्लाहकार मारिएका थिए । केएरले अफगानिस्तानजस्ता द्वन्द्व प्रभावित मुलुकहरुमा मानवीय सहायताका कार्यहरु गर्न निकै खतरापूर्ण बन्दै गएको जनाएको छ ।
उक्त आक्रमणबाट अरु २० जना सर्वसाधारण घाइते भएका छन । बिस्फोटपछि धेरै जना बन्दुकधारी तालिबानीहरु काउन्टपार्टको कार्यालयभित्र प्रवेश गरेका थिए । अफगान कमान्डोहरुले घेरा हाली प्रतिकारबाही गरेपछि सबै तालिबानीको मृत्यु भएको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
अष्टेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९