लेखनाथ, २५ वैशाख। थ्रि एन्जल्स नेपालले पोखरा– ३२, बह्मरुपा माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ।
कार्यक्रम फिल्ड संयोजक झरना शर्माले मानव वेचविखनले समाजमा परेको असर र समाधानका उपाय कसरी गर्न सकिन्छ र समाजमा पुनर्उत्थान कसरी हुने भन्नेबारे सचेतना गराइन्।
हाम्रो अभियान नामक उक्त सचेतना कार्यक्रममा मानव वेचविखनका कारण, यसबाट समाजमा पर्ने प्रभाव तथा न्युनीकरणका उपायबारे प्रशिक्षकहरुले प्रयोगात्मक एवं रोचक तरिकाले ७५ जना छात्र छात्रालाई प्रशिक्षण दिएका थिए।
सो विधि विद्यार्थी एवं शिक्षकहरुले अत्यन्त फलदायी भएको तथा आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आवश्यक भएको बताए।
संस्थाले मानव वेचविखनको जोखिममा परेका महिला र बालबालिकालाई विशेष प्राथमिकतामा राखेर १० देखि १८ वर्ष उमेर पुगेका बालबालिका छिटो बहकाउमा लाग्ने हुनाले यस्ता बालबालिका उच्च जोखिममा रहेको भन्दै ७५ मिनेट समयमा यसप्रकारको सचेतना कार्यक्रम गर्दै आएको छ। ।
मानव बेचबिखनविरुद्धको अभियानअन्तर्गत थ्रि एन्जल्स नेपालको आयोजनामा ब्रह्मरुपा माविमा आयोजित प्रशिक्षणमा सहभागी विद्यार्थी।
Related News
सम्बन्धित समाचार
प्रदेश खेलकुद परिषद्को भवन उद्घाटन
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
स्याङ्जामा कर्मचारीको धर्ना
ढिकुरपोखरीमा तीजमेला हुने
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९